• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

देशकै पहिलो ट्रान्सफ्याट मुक्त महानगर घोषणा गर्नेछु:उप प्रमुख अधिकारी


  •   शुक्रबार, भदौ १४, २०८१ मा प्रकाशित
  • भरतपुर/भरतपुर महानगरलाई देशकै पहिलो ट्रान्सफ्याट मुक्त महानगर घोषणा गर्नेछु:उप प्रमुख अधिकारी खाद्य पदार्थमा औद्योगिक ट्रान्सफ्याट ( असन्तुलित अन्य तेल) बारे शुक्रबार नारायणगढमा एक अन्तरक्रिया कार्यक्रम भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय हेटौंडा र उद्योग बाणिज्य सघ चितवनको सयुक्त आयोजनामा भएको कार्यक्रममा खाद्य पदार्थमा देखिएको  औद्योगिक ट्रान्सफ्याट अर्थात असन्तुलित अन्य तेलका सम्बन्धमा चितवनका होटल ब्यबसायीहरुलाइ एकै ठाउँमा भेला गराएर ट्रान्सफ्याट नियमनका बारेमा जानकारी गराइएको हो । ट्रान्सफ्याट खानामा पाइने एक प्रकारको चिल्लो पदार्थ हो । यसलाइ नेपालीमा अति खराब चिल्लो भनिन्छ । स्वास्थका दृष्टिकोणले ट्रान्सफ्याट चिल्लो पदार्थहरु मध्येको सबैभन्दा हानिकारक चिल्लो मानिन्छ । ट्रान्सफ्याट प्राकृतिक र कृत्रिम गरि दुई स्रोतबाट प्राप्त गर्न सकिन्छ ।

    Advertisement

    खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय हेटौंडाका प्रमुख काशीनाथ घिमिरेले ट्रान्सफ्याटले रगतमा खराब कोलेस्ट्रोल “एल्डिएल”को मात्रालाइ बढाउने बताउनुभयो । जसका कारण ह्रदयघात र मस्तिष्कघातको समस्या आउने गर्दछ । उहाँका अनुसार ट्रान्सफ्याट क्यान्सरको सम्भावना बढाउने एक कारक तत्व पनि हो जसबाट महिलाहरुमा स्तरको क्यान्सर हुने अवस्था देखा पर्दछ । कार्यलयका अनुसार उद्योगमा तयार गरि प्याकेटमा बन्द गरिएका खाद्य पदार्थहरु बिस्कुट,कुकिज,तयारी चाउचाउ,भुजिया,दालमोठ,कुरकुरे,चिजवल्स,आलु चिप्स आदिमा बढी मात्रमा  ट्रान्सफ्याट प्राप्त गर्न सकिन्छ । त्यस्तै गरि बनस्पति घिउ,बेकरीका सामानहरु,पिजा,फास्टफुड जस्ता बस्तुहरुमा अत्याधिक मात्रमा ट्रान्सफ्याट पाइने गर्दछ । कार्यलयका खाद्य अनुसन्धान अधिकृत अमृता राइले खाद्य पदार्थमा औद्योगिक ट्रान्सफ्याटको बर्तमान अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । राइको कार्यपत्रमा उल्लेख भएअनुसार बिश्वमा प्रत्येक बर्ष  २ करोड मानिसहरु ट्रान्सफ्याट कै कारण मुटु रोगबाट मर्ने गरेका छन् ।

    कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले ट्रान्सफ्याट निकै डरलाग्दो र भयावह ल्याउन सक्ने खालको खतराजन्य बस्तु रहेको उल्लेख गर्नुभयो । ट्रान्सफ्याटबाट बिश्व नै आतकित भइरहेको सन्दर्भमा कोहि पनि अछुतो रहन नस्क्ने भएपनी भरतपुर महानगरपालिकालाई ट्रान्सफ्याट मुक्त महानगर निर्माण गर्ने लक्ष्यमा आफू रहेको बताउनुभयो । अबको मेरो मुख्य एजेण्डा भरतपुर महानगरलाई देश कै पहिलो ट्रान्सफ्याट मुक्त महानगर घोषणा गर्ने रहेको छ उप प्रमुख अधिकारीले भन्नुभयो,यसमा सबै सरोकारवाला  निकाय,होटल ब्यबसायी र अन्य अधिकारकर्मीहरुको साथ र सहयोगको आबश्यक्ता पर्दछ । बिश्वमा हरेक ४ बर्षमा औद्योगिक ट्रान्सफ्याटको उपभोगले ५ लाख मानिसहरुको मृत्यु हुने गरेको छ । बिश्व स्वास्थ्य सगठनले ट्रान्सफ्याटको उपयोग कुल क्यालोरिको १ प्रतिशत भन्दा कम गर्न सुझाव दिएको छ । सगठ्नले सन् २०२५ सम्ममा बिश्वब्यापी रुपमा ट्रान्सफ्याट हटाउने प्रयास गरिरहेको छ । यता नेपाल सरकारले खाद्य पदार्थमा औद्योगिक ट्रान्सफ्याटको मात्रा खाद्य पदार्थमा रहेको कुल चिल्लो पदार्थको तौलको २ प्रतिशत भन्दा बढी नहुने गरि सिमा निर्धारण गरेको छ । यसबाहेक उत्पादनको लेवलमा ट्रान्सफ्याट रहित (ट्रान्सफ्याट फ्री) भनी दावी गरिएको हकमा उक्त खाद्य पदार्थमा रहेको चिल्लो पदार्थमा ट्रान्सफ्याटको मात्रा शुन्य दशमलव २ ग्राम प्रति १ सय ग्राम चिल्लो पदार्थको तौल भन्दा बढी नभएको हुनुपर्ने ब्यबस्था गरेको छ ।

    शुक्रबार, भदौ १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.