भरतपुर/रोटरी क्लव अफ चितवन र स्पाउस क्लव अफ आरसी चितवनको संयुक्त आयोजनामा मंगलबार रोटरी करुणालय (बृद्धाश्रम)मा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । स्पाउस क्लव अफ चितवनका अध्यक्ष पार्वती वगाले सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरी क्लव अफ चितवनका अध्यक्ष भानु शर्मा प्रमुख अतिथी रहनु भएको थियो । अर्पना श्रेष्ठले संचालन गर्नु भएको कार्यक्रममा रोटरी करुणालयका अध्यक्ष उत्तमलाल चुके र प्रमुख अतिथी शर्माले तिजको सास्कृतिक महत्वको बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा रोटरी करुणालयमा वस्दै आएका भएका ३५ जना र अन्य १५० जनाले तीजको दर खाई नाचगान गरि रमाईलो गरेका थिए ।

Advertisement




