• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

तीज गीत प्रतियोगितामा भानु आदर्श महिला कृषक समूह प्रथम


  •   सोमबार, भदौ १०, २०८१ मा प्रकाशित
  • भरतपुर/चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको आयोजनामा चितवन प्रदर्शनी केन्द्र भरतपुरमा सञ्चालित दोश्रो तीज विशेष उद्यमशिल एक्स्पो तथा व्यापार मेला–२०८१ को चौथो दिन “उद्यमशिलतामा महिला” शीर्षकमा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।
    २५ वटा समूहहरुको प्रतिस्पर्धा रहेको प्रतियोगितामा भानु आदर्श महिला कृषक समूहले प्रथम स्थान, सहनशिला बुहारी गु्रपले द्धितीय स्थान, चितवन उद्योग संघ, महिला उद्यमी मञ्च, खैरहनीले तृतीय स्थान र न्यू आनन्द टोल विकास संस्थाले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
    प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रमको मुख्य प्रायोजक रहेको सेन्ट्रल कलेज अफ भोकेशनल टे«निङ्ग सेन्टरका प्रिन्सिपल यज्ञविलाश पौडेलले प्रथम हुने समूहलाई रु रु २०,०००।–, द्धितीय हुने समूहलाई रु १५,०००।–, तृतीय हुने समूहलाई रु १०,०००।– र सान्त्वना हुने समूहलाई रु ५,०००।– र प्रमाणपत्र वितरण गर्नुभएको थियो । पुरस्कार वितरण कार्यक्रममा चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष सृजना सोती, चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरे, निर्णायकहरु लगायतको सहभागिता रहेको थियो । अमर विरही गुरुङ प्रमुख निर्णायक रहनुभएको प्रतियोगितामा सरिता श्रेष्ठ गुरुङ्ग र चन्द्रा गुरुङ्ग निर्णायकको भूमिकामा रहनु भएको थियो ।
    मेला अवलोकन गर्ने अवलोकनकर्ताहरु मध्येबाट दैनिक तीन जनालाई गोलाप्रथाको माध्यमबाट आकर्षण गिफ्टह्याम्पर प्रदान गर्ने योजना अन्तर्गत मेलाको चौथो दिन कुपन नं. ३७२ की राजकुमारी श्रेष्ठ प्रथम, कुपन नं. ६१६ का सृष्टि सापकोटा दोश्रो र कुपन नं. ६५० का लिला बस्ताकोटी तेश्रो हुन सफल भएका छन् । चौथो दिन उपहार प्रदान गर्ने दाताहरुमा बि.एम.हस्तकला प्रशिक्षण उद्योग, अस्मिता लेडिज टेलर्स, चितवन उड क्राफ्ट, शर्मा एग्रो प्रोडक्स, मान्द्रो नेपाल, बिसहजारी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड, महाकाली फुड प्रोडक्स एण्ड एग्रो प्रोसेसिङ्ग प्रा.लि., अन्नपूर्ण डेरी, गंगानगर दुग्ध उत्पादक संस्था, डेलिस डेरी रहेका छन् ।
    मेलामा प्रदर्शक तथा अवलोकनकर्ताहरुसँग अन्तरक्रिया मार्फत नयाँ उत्पादनहरूको प्रदर्शन तथा प्रबद्र्धन गरिने, महिलाहरुका लागि स्वरोजगार र उद्यमशीलताका लागि सीप विकासका सम्भावनाहरू खोज्ने, महिला उद्यमीहरुलाई उद्यमशिलताको जगतामा थप हौसला प्रदान गर्ने, साथै तीज पर्वलाई उद्यमशिल सम्बन्धि अनुभवहरु साट्दै सामुहिक रुपमा मनाउने लक्ष्य राखिएको छ ।
    मेलामा हस्तकलाका सामानहरु, तीज विशेष सामाग्रीहरु, लत्ताकपडा, जुत्ता, चप्पल बुटिकका उत्पादनहरु, गिफ्ट आइटम र गरगहना (ज्वेलरी)हरु, खाद्यान्नका परिकारहरु, मेहन्दी, सौन्दर्य सामाग्री र त्यसका सेवाहरु, होम डेकोर, इलेक्ट्रोनिक्स, फर्निचर तथा फर्निसिङका सामाग्रीहरु, भोकेशनल तालिम केन्द्र तथा कलेजहरु, बैक तथा वित्तीय संस्थाहरु, इन्सुरेन्स, विभिन्न परिकारका खानाका स्टलहरु लगायतका ६० भन्दा बढी स्टलहरु रहेका छन् ।
    निःशुल्क प्रवेशको व्यवस्था गरिएको एक्स्पोमा १० हजार भन्दा बढी व्यक्तिले अवलोकन गर्ने र ५० लाख भन्दा बढीको कारोबार हुने अनुमान समेतगरिएको छ । चितवनका सम्पूर्ण पालिकाहरुबाट आउने अवलोकनकर्ताहरुलाई निःशुल्क वस सेवाको समेत व्यवस्था गरिएको छ ।
    मेलाको पाँचौ तथा अन्तिम दिन दीगो उद्यमशिलताको लागि सीप विकास तालिमको भूमिका विषयमा प्यानल छलफल हुनेछ ।

    Advertisement

    सोमबार, भदौ १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.