भरतपुर/केही महिनाले क्यान्सरबाट ग्रसित भई वी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराईरहनुभएका चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका उपाध्यक्ष कृष्ण प्रसाद भण्डारीलाई समितिको तर्फबाट रु १००१००।– एकलाख एकसय रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा उपाध्यक्षहरु मोहनलाल श्रेष्ठ, राजकुमार श्रेष्ठ, बीरेन्द्र बहादुर दवाडी, रुकेश सापकोटा, कार्यसमिति सदस्यहरु सूर्य प्रसाद तिमिल्सिना, लोकनाथ सुवेदी, सूर्यराज गिरी, राजन पौडेल, पूर्व उपाध्यक्ष दुर्गालाल सापकोटा, संघका सञ्चार अधिकृत राजु भट्ट, कार्यालय सहायक शोभा थापा लगायतको सहभागिता रहेको थियो ।
Advertisement




