सिल्क हेयरका विभिन्न उत्पादनहरुको जानकारी दिने उद्देश्यका साथ भरतपुरस्थित चितवन मिडटाउन रिसोर्टमा सिल्क हेयरको ग्रान्ड सेमिनार सम्पन्न भएको छ। कम्पनीकी अध्यक्ष रक्की लामा र प्रबन्ध निर्देशक प्रतिक्षा घिमिरेको अध्यक्षतामा भाद्र ०२ गते उक्त सेमिनार सम्पन्न भएको हो ।
सेमिनारमा सिल्क हेयरका विभिन्न उत्पादनहरु Hair Botox, Hair Keratin Ten Hair Colouring को बारेमा डेमो सहितको जानकारी गराईएको थियो । कार्यक्रममा वाग्मती प्रदेश चितवन जिल्लाका विक्रेता एस।के।व्यूटी क्लेक्शनका प्रोपाईटर बलराम काजी लगायत उत्पादनसँग सरोकार राख्ने बिक्रेता तथा ग्राहकहरुको समेत उपस्थीत रहेको थियो ।

करीब एकसय पचास जना भन्दा व्यूटीसियनहरुको को उपस्थिति रहेको कार्यक्रममा कम्पनीकी अध्यक्ष अध्यक्ष रक्की लामाले उत्पादनहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
सेमिनारमा कम्पनीका प्रातिनिधिहरुले आफ्ना उत्पादनहरुको डेमो समेत प्रस्तुत गर्नुभएको थियो । व्यूटीसियनहरुको मागलाई मध्यनजर गर्दै आगामी दिनहरुमा समेत यस्ता खाले सेमिनारहरुको आयोजना गरिने अध्यक्ष लामाले बताउनु भयो ।




