मौसम परिवर्तनसँगै धेरैजसो मानिसहरुमा मौसमी रुघाखोकी, ज्वरो आउने , जिउ दुख्ने, खान मन नलाग्ने, घांटी दुख्ने लगायतका समस्या देखिन्छन्। मौसमी रोगबाट साना बालबालिका र ६० वर्षभन्दा माथिका व्यक्ति तथा दीर्घ रोगी बढी प्रभावित हुन्छन्। यसको मौसम प्रभाव मधुमेह, क्यान्सर, किड्नी लगायतका बिरामीमा छिटो देखिन्छ। मौसम परिवर्तनहुदा देखिने समस्याको प्रमुख कारण धेरैजसो कीटाणु मौसम परिवर्तनको समयमा सक्रिय हुन्छन् र हाम्रो रोग प्रतिरोधात्मक क्षमता पनि यस्तो बेलामा कमजोर हुन्छ त्यसैमाथि सरसफाई तथा खानपानमा ध्यान दिइएन दिइएन भने स्वास्थ्यमा विभिन्न समस्या देखापर्छ।
अहिलेको समयमा अस्पतालमा धेरैजसो १० वर्ष मुनिको बच्चाहरु, ६० वर्ष माथिको बृद्धहरु एवम महिलाहरुमा मौसमी परिवर्तनको समस्याको बिरामी को चाप बढी छ। उनीहरुमा भाइरल संक्रमण, रुघाखोकी, ज्वरो आउनेलगायका समस्या देखिएको पाईन्छ।
यो मौसमी फ्लु एक प्रकारको सरुवा रोगनै हो जुन एक व्यक्ति बाट अर्को व्यक्तिमा स्वास-प्रस्वासको मध्यम बाट सजिलै सर्ने गर्छ।

मौसमी रोग धेरैजस भाइरस (इन्फ्लुन्ज़ा) को कारणले लागने हुनाले यस्को उपचारको लागि औसधिको प्रयोग गरिहाल्नु पर्दैन। सामान्यतया मौसमी रोगको उपचार पर्याप्त मात्रामा आराम गर्ने, खानपिनमा ध्यान दिने, झोल पदार्थ खाने, धेरै दुखाई तथा जोरो छ भने सिटामोल खाने गर्यौं भने केही समयपछि यो आफै निको भएर जान्छ। यदि १ हप्ता भन्दा धेरै दिन सम्म पनि समस्या देखिरह्यो भने चाही डाक्टर को सल्लाह मा औसधि प्रयोग गर्नुपर्दछ।
यसबाट बच्नाकोलागी खानपानमा तथा सरसफाईमा ध्यान दिने, न्यानो लुगा लगाउनेलगायत सतर्कता अपनाउनु आवश्यक छ।अहिले मौसम परिवर्तनको समय हो र यो बेलामा हामीले खानपान र स्वास्थ्यमा एकदमै सचेत हुनुपर्छ। यस्तो बेलामा विभिन्न भाइरस सक्रिय हुने हुँदा आफ्नो रोग प्रतिरोधात्मक क्षमता बढाउन झोल पदार्थ खाने गर्नु पर्दछ। त्यस्तै धेरै देशमा अहिले इन्फ्लुएञ्जाको भ्याक्सिन लगाउने गरिएको छ। नेपालमा पनि असोज कात्तिक तिर यो भ्याक्सिन लगाउने गरिएको छ। यो भ्याक्सिन लगाउँदा केही हदसम्म बच्न सकिन्छ। ६ महिनाभन्दा माथिका बालबालिका र सबै उमेर समूहलाई यो भ्याक्सिन लगाउन सकिन्छ।




