• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

इजाजत बिना अस्पताल वा क्लिनिक सञ्चालन गरे कारबाही हुन्छ : उपप्रमुख अधिकारी 


  •   मङ्गलबार, साउन २९, २०८१ मा प्रकाशित
  •  भरतपुर/आर्थिक वर्ष २०८१/०८२ शुरु भएसँगै भरतपुर महानगरपालिकाले निजी क्षेत्रबाट सञ्चालन भएका र सञ्चालनको प्रक्रियामा रहेका अस्पताल वा क्लिनिकहरुमा पुन: अनुगमन शुरु गरेको छ । स्थानीय सरकार मातहत रहेका अस्पताल वा क्लिनिकहरुमा महानगरले पुन: अनुगमन शुरु गरेको हो ।  मङ्गलबार नगर उपप्रमुख चित्रसेन अधिकारीको नेतृत्वमा गएको भरतपुर महानगरपालिकाको टोलीले अस्पताल व्यवस्थित गर्नका लागि अनुगमन शुरु गरेको जनाएको छ ।  अनुगमनमा उपप्रमुख सहित जनस्वास्थ्य प्रबर्द्धन शाखाका अधिकृत केशव भट्ट र महानगरका अन्य अधिकृतहरुको सहभागिता रहेको थियोे ।  अनुगमन टोलीले अस्पतालको भौतिक सरचना, शैय्या, औषधि कक्ष, उपकरणहरुको अवस्था, लिफ्ट वा अपाङ्गमैत्री र्‍याम्प, पर्याप्त पार्किङ भएनभएकोलगायतका थुप्रै बिषयबस्तुहरु माथि स्थलगत निरीक्षण गरेको छ । `मानव स्वास्थसँग प्रत्यक्ष जोडिएको अस्पताल जस्तो सम्वेदनशील क्षेत्र मापदण्डअनुसार सञ्चालन गर्न जरुरी छ । 

    Advertisement

    अस्पताल भन्ने बित्तिकै आमनागरिकको स्वास्थ्यसँग जोडिएको हुन्छ, कानुन भन्दा माथि कोहि छैन´, उपप्रमुख अधिकारीले भने – `स्थानीय सरकारको इजाजत बिना अब कुनै पनि अस्पताल वा क्लिनिक सन्चालन गर्न पाइँदैन । यदि कसैले अटेर गरेर या प्रक्रिया पूरा नगरी अस्पताल वा क्लिनिक चलाएको पाइमा कानुन अनुसार प्रक्रिया अगाडि बढाइने छ ।´ स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीहरू तालिम प्राप्त भए नभएको, जोखिमयुक्त फोहरको व्यवस्थापनको अवस्थाबारे पनि अनुगमन  गरिएको छ । यस्तै अनुगमनका क्रममा सर्वसुलभ स्वास्थ्यको पहुँच वृद्धि गर्न टेवा पुग्ने भएकाले अनुगमलाई निरन्तरता दिइँदै आइएको छ । अनुगमन टोलीले मङ्गलबार भरतपुरका केही अस्पताल वा क्लिनिकहरुमा अनुगमन गरेको छ । भरतपुर १८ चनौली बजारमा रहेको जनश्री अस्पताल, भरतपुर १८ कै भुवनवस्ती मेडिकल क्लिनिक, भरतपुर १० मा रहेका चितवन भरतपुर सेन्ट्रल अस्पताल प्रा लि, सदिच्छा स्वास्थ्य क्लिनिक, डा साथी प्याथोलोजी एण्ड होम केयर सर्भिस, वान हेल्थ क्लिनिक एण्ड माइक्रो प्याथल्याब र चन्द्रमा स्वास्थ्य क्लिनिकहरुको अनुगमन गर्दा केहिमा मापदण्ड नपुगेको, केहिमा अस्पतालको भौतिक संरचनामा लापरबाही गरिएको पाइएको हुँंदा ती अस्पतालहरुलाई व्यवस्थापन गर्न र कानुनी दायरामा ल्याउनको लागि पुन: अनुगमन शुरु गरिएको जनस्वास्थ्य प्रबर्द्धन शाखाका अधिकृत केशव भट्टले जानकारी दिए । `भरतपुरका केहि अस्पतालहरु बिना इजाजत सञ्चालन गरेको पाइयो, त्यसैलाई खबरदारी गर्न हामी अनुगमनमा निस्केका हौँ´, भट्टले भने । जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि महानगरपालिकाले बर्सेनी स्वास्थ्य संस्थामा अनुगमन गर्ने गर्दछ ।

    भरतपुर महानगरपालिका स्वास्थ्य संस्था दर्ता अनुमति नवीकरण तथा स्तरोन्नति सम्बन्धि कार्यबिधी २०७७ ले महानगर भित्र सञ्चालन हुने निजी अस्पताल, क्लिनिक र प्रयोगशालालाई मापदण्ड अनुसार सञ्चालन गर्न अनुमति दिने ब्यबस्था रहेको छ ।  जनस्वास्थ्य प्रबर्द्धन शाखाका अनुसार भरतपुरमा अघिल्लो दुई आर्थिक वर्षमा ९५ वटा अस्पताल, क्लिनिक र प्रयोगशालालाई सञ्चालनको अनुमति दिइएको थियो । जसमध्ये ६ वटा १५ शैय्याका अस्पताल र बाँकी ८९ वटा क्लिनिक तथा प्रयोगशाला रहेका थिए । त्यस्तैगरी चालू आर्थिक वर्षमा ९ वटा अस्पताल, क्लिनिक र प्रयोगशालाले अनुमतिका लागि निवेदन दिएका छन् । जसमा २ वटा अस्पताल र बाँकी ७ वटा क्लिनिक तथा प्रयोगशाला रहेका छन् । चालू आर्थिक वर्षको झन्डै एक महिनाको अवधीमा भरतपुर महानगरपालिकाले ७ वटा अस्पताल, क्लिनिक र प्रयोगशालाको अनुगमन गरिसकेको छ भने अरु २ वटा स्वास्थ्य संस्था निर्माणाधीन अवस्थामा रहेकोले अनुगमन गर्न बाँकी रहेको छ । स्थानीय स्तरमा १५ शैय्यासम्मको अस्पताल सन्चालन गर्न  स्थानीय सरकारलाई अनुमती दिइएको छ भने प्रदेश सरकारले दुई सय शैय्यासम्मको अस्पताल सञ्चालन गर्न पाउने कानुनी व्यवस्था रहेको छ । दुई सय शैय्याभन्दा माथिको अस्पताल सञ्चालन गर्न संघीय सरकारलाई अधिकार दिइएको छ ।  भरतपुर महानगरले १५ शय्याको अस्पताल, स्वास्थ्य क्लिनिक, आयुर्वेदिक क्लिनिक, फिजियोथेपी केन्द्र, होमियोपेथिक क्लिनिक तथा डी र ई वर्गका प्रयोगशालालाई नियमन गर्ने गर्दछ । भरतपुरमा भरतपुर केन्द्रीय अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई ठुला मेडिकल कलेज, २० निजी अस्पतालसहित २०० को सङ्ख्यामा निजी क्लिनिक तथा फार्मेसी सञ्चालनमा छन् । महानगरपालिकाले गत आर्थिक वर्षको साउन १२ गते दर्ता नभएका संस्थालाई दर्ता गर्न आह्वान समेत गरेको थियो । 

    मङ्गलबार, साउन २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.