• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

सुरू भयो त्रि–दिवसीय अङ्कुरम् नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रम विश्वव्यापी समस्याबारे परिचर्चा गर्दै प्रतिनिधिहरु


  •   आइतबार, साउन २७, २०८१ मा प्रकाशित
  • चितवन/चितवनमै विश्वस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको भरतपुर–७, कृष्णपुरस्थित ‘क’ वर्गको अङ्कुरम् एकेडेमीमा पहिलो संस्करणको ‘अङ्कुरम्–नमुना संयुक्त राष्ट्रसंघ’ कार्यक्रम शुक्रबार एक औपचारिक कार्यक्रमका बीच सुरू भएको छ । कार्यक्रमको उद्घाटन भरतपुर महानगरपालिकाका सामाजिक विकास समिति संयोजक परमेश्वर खनालले बिरूवामा पानी हालेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका हुन् ।

    Advertisement
    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खनालले अङ्कुरम् चितवन जिल्लामा आफैमा नमुना भएको र यस्ताखाले नमुना कार्यक्रमहरुबाट विद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पुग्ने बताए । उनले भने, ‘म धेरै कार्यक्रमहरुमा अन्य विद्यालयहरुमा जाने मौका पाएको छु तर, अङ्कुरम्को व्यवस्थापन चितवनमा प्रशंसायोग्य छ ।’ उनले यस्ताखाले कार्यक्रमले भविष्यका योग्य लिडर्स जन्माउने बताए । उनले भने, ‘नेपालमा साधारणतया विद्यालयीय कार्यक्रमहरुमा राजनीति केन्द्रबिन्दुमा पर्ने भए पनि यस्ताखाले कार्यक्रमले विद्यार्थीलाई विश्वस्तरमा ‘ट्याकल’ गर्न सक्षम बनाउने बताए ।

    चितवनमै पहिलोपटक सञ्चालन भइरहेको अङ्कुरम्–नमुना संयुक्त राष्ट्रसंघ (अङ्कुरम्–मोडेल युनाइटेड नेसन्स (एएमयुएन) कार्यक्रममा चितवनसहित बाहिरी जिल्लाबाट समेत २८१ प्रतिनिधिहरूको सहभागिता रहेको छ । उक्त नमुना अभ्यास कार्यक्रममा २३८ जना प्रतिनिधिले संयुक्त राष्ट्रसंघका छवटा अङ्गहरुमध्ये पाँचवटा अङ्गमार्फत विभिन्न देशको प्रतिनिधित्व गर्दैछन् । उनीहरुले विश्वव्यापी समस्याका बारेमा आफूहरुले गरेको अनुसन्धानका आधारमा सामूहिक छलफलमार्फत समाधनसमेत सुझाउने कार्यक्रम छ ।

    अविप्श्या कार्की सभापति रहेको समिति युएनएचसीआरमा उपसभापति ऋति श्रेष्ठ, समृद्धि क्षेत्री सभापति रहेको युएनइपीमा उपसभापति सिर्जना लम्साल, पल्लव अधिकारी सभापति रहेको युएनएससीमा दिमिसा विष्ट उपसभापति, शुभांसराज के.सी सभापति रहेको समिति युनिसेफमा जोएल के.सी. उपसभासति र साजन अधिकारी सभापति रहेको समिति डब्ल्यूएचओमा आकर्षा सापकोटा उपसभापति रहेकी छिन् ।

    त्यसैगरी रुपेश घिमिरे, आश्ना कोइराला, प्रिशा न्यौपाने, क्रिष्टल अधिकारी, प्रशन्न ओली र राजन पौडेलले कार्यक्रममा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नेछन् भने स्नेह कर्माचार्यले अन्तराष्ट्रिय प्रेस संयोजकको भूमिका निर्वाह गर्नेछिन् । अन्तर्राष्ट्रिय प्रेस समितिमा १५ जना रहेका छन् ।

    संयुक्त राष्ट्रसंघका छवटा अङ्गहरुमध्ये पाँचवटा अङ्गहरुको प्रतिनिधित्वहरुले आफूले अनुसन्धान गरेको विषयमा आफ्नो धारणा प्रस्तुत गर्ने, विषयवस्तुमा आधारित रही वादविवाद गर्ने, कुटनीतिक सीपको प्रदर्शन गर्ने, समालोचनात्मक चिन्तनको प्रस्तुतीकरण, सामाजिकीकरणको आवश्यकता र औचित्य बोध गर्ने र विश्वव्यापी समस्याहरुको जानकारी लिनेछन् ।

    कार्यक्रममा राष्ट्रसंघका सम्बन्धित अङ्गहरुको प्रतिनिधित्व गर्ने प्रतिनिधिले सोको क्षेत्राधिकार र काम, कर्तव्यबारे अनुसन्धान गर्ने, इतिहास र वर्तमानको अध्ययन गर्ने र विश्वव्यापी समस्याको समाधानका लागि भविष्यमा लागू गर्नुपर्ने कार्यक्रमहरुको पनि तय गर्ने संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्का सभापति अविप्श्या कार्कीले बताइन् । उनले भनिन्, ‘हामीहरु भारतका विभिन्न प्रख्यात विश्वालयहरुमा लगातार तीन वर्षसम्म आयोजित कार्यक्रमहरुमा सहभागी हुने मौका पाएर अहिले आफ्नै विद्यालयमा विशिष्ट किसिमको कार्यक्रम आयोजना गर्न सफल भयौँ ।’

    अभ्यास गर्न लागिएका संयुक्त राष्ट्रसंघका पाँचवटा अङ्गहरुमध्ये प्रत्येक अङ्गमा ४५ जना विद्यार्थीको प्रतिनिधित्व रहेको छ भने प्रत्येक अङ्गका प्रतिनिधिले विभिन्न देशको प्रतिनिधित्व गर्ने कार्यक्रम छ । जसमध्ये संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्का प्रतिनिधिले जातिवाद उन्मूलनका लागि जात व्यवस्थाविरूद्ध लड्ने रणनीति तय गर्ने, संयुक्त राष्ट्रसंघ पर्यावरण कार्यक्रम (युएनइपी)का प्रतिनिधिले प्लाष्टिकका अवशेष र पानीमा यसको मिसावटले पार्ने प्रभावलाई कम गर्ने रणनीति तय गर्नेछन् ।

    त्यसैगरी, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् (युएनएससी)का प्रतिनिधिले इजरायल–प्लालेष्टाइन द्वन्द्वमा दिगो शान्तिको प्रयाससम्बन्धी रणनीति तय गर्ने, संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ)का प्रतिनिधिले गुणस्तरीय शिक्षामा प्रत्येक बालबालिकाको पहुँच पु¥याउने रणनीति निर्माण गर्ने र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रतिनिधिहरुले विश्वव्यापी मानसिक स्वास्थ्य संकटलाई सम्बोधन गर्दै सोका लागि स्रोत र समर्थन जुटाउने रणनीति तय गर्ने विद्यालयका कार्यकारी निर्देशक युवराज पौडेलले जानकारी दिए ।

    कार्यक्रमका संयोजक विद्यालयका मावि तहप्रमुख अर्जुन जी शर्माले उपत्यकाबाहिर यति ठूलो संख्यामा सहभागी भई नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रम पहिलोपटक भएको बताए । विद्यालयका प्राचार्य सुमन पौडेलको सभापतित्वमा भएको उद्घाटन समारोहमा बोल्दै उनले एएमयुन कार्यक्रम एउटा विशाल मञ्च (प्लाटफर्म) भएको र सहभागीले यस मञ्चमार्फत आफ्नो प्रतिभा प्रस्फुटित गर्ने अवसर पाउने बताए ।

    विद्यालयका आवासीय निर्देशक नैम चौधरीले स्वागत मतव्य राखेको कार्यक्रमको औपचारिक सत्रमा विद्यालयाक कार्यकारी निर्देशक नवराज पौडेल, निर्देशक सरला पौडेल, शिक्षक–अभिभावक संघका अध्यक्ष गणेश पौडेल, एएमयएुन महासचिव सहप्राचार्य ओमराज मैनालीलागायतले मायाको चिनो वितरण गरेका थिए । कार्यक्रमको सञ्चालन विशाल सापकोटा र प्रथमा लोहनीले गरेका थिए ।

    आइतबार, साउन २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.