भरतपुर/भरतपुरको मैयादेवी कन्या कलेजले छात्राहरुलाई स्वागत तथा सम्मान गरेको छ। आज एक कार्यक्रम आयोजना गर्दै कलेजले कक्षा १२ पास गरेका छात्राहरुलाई बधाई तथा स्नातक तहमा अध्ययन गर्ने छात्राहरुलाई स्वागत गरेको हो। कलेजका प्रिन्सिपल भोजराज न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ट समाजसेवी एवंम सञ्चालक समितिक अध्यक्ष टंकनाथ पौडेलको प्रमुख आतिथ्यता रहेको थियो। उहाँले विद्यार्थीलाई बधाई ज्ञापन गर्दै कलेजमा अध्ययन गर्न इच्छुक छात्राहरुलाई आकर्षक सुविधा दिने कुरा व्यक्त गर्नुभयो।
उहाँले सञ्चालक समितिद्वारा संस्थापक संरक्ष्क स्व.मैया“देवी श्रेष्ठको परिकल्पना अनुसार हरेक विधामा छात्रबृत्तिको व्यवस्था मिलाइएको बताउनुभयो। साथै उहाँले मैयादेवी कलेजबाट नेपाल प्रथम हुनेलाई रु ५१ हजार रुपैया र चितवन जिल्ला प्रथम हुनेलाई २१ हजार रुपैया पुरस्कार लगायतको व्यवस्था मिलाइएको जानकारी दिनुभयो।
कलेजका प्रिन्सिपल न्यौपानेले छात्राको सन्तुष्टिमा कलेज परिवार अत्यन्त गम्भीर भएर लाग्ने भाव व्यक्त गर्नुभएको थियो। विभिन्न संकाय प्रमुखहरुले छात्राको पठनपाठनको सन्दर्भमा आफ्ना विचारहरू व्यक्त गर्नुभएको थियो। भने उत्कृष्ट नतिजा ल्याउने छात्राहरुले कलेजमा अत्यन्त शान्त वातावरणका साथै पठनपाठन उत्कृष्ट रहेको भाव व्यक्त गरेका थिए । सो कार्यक्रममा प्राध्यापक संघका सभापति कृष्णप्रसाद न्यौपानेले शुभकामना व्यक्त गर्नुभएको कार्यक्रममा कलेजका सहायक प्रिन्सिपल तेजप्रसाद पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।




