चितवनको भरतपुर-११ मा रहेको युनाइटेड टेक्निकल कलेज (U-TEC), इन्जिनियरिङ कलेज विसं २०६५ मा निजी क्षेत्रको पहलमा स्थापना भएको प्रतिष्ठित कलेज हो । काठमाडौँ उपत्यका बाहिर इन्जिनियरिङका विषयहरुमा उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले व्यवसायिक शिक्षाविद्हरुद्वारा कलेजको स्थापना भएको हो । विश्वविद्यालय तहको इन्जिनियरिङ शिक्षा प्रदान गर्ने निजी क्षेत्रका कलेजहरु राजधानी केन्द्रीत भएको अवस्थामा उपत्यका बाहिर इन्जिनियरिङका विषयहरुमा अध्ययन, अध्यापन तथा अनुसन्धान कार्य अगाडि बढाउने गरी कलेजको स्थापना गरिएको हो । उपत्यका बाहिर विद्यार्थीहरुलाई गुणस्तरीय र सर्वसुलभ इन्जिनियरिङ विषयहरुको अध्ययन गर्न पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी चितवनको पहिलो निजी इन्जिनियरिङ कलेजको रुपमा युनाइटेड टेक्निकल कलेजको स्थापना गरिएको हो। अन्तर्राष्ट्रिय गुणस्तर चिह्न ISO 9001:2015 Certified College तथा नेपाल इन्जिनियरिङ काउन्सिलबाट स्थायी मान्यता प्राप्त कलेजसमेत हो । शैक्षिक सत्र २०८१/०८२ बाट यस कलेजले स्नातक र स्नातकोत्तर तहमा थप दुईवटा नयाँ कार्यक्रम सञ्चालन गर्न लागेको अंबगत गराउन पाउँदा कलेज परिवार अत्यन्त हर्षित भएका छौं। यस कलेजले यसै शैक्षिक सत्रबाट चितवनमा नै पहिलोपटक Bachelor of Engineering in Information Technology (BE IT) तथा भ्याली बाहिर Master of Science in Transportation Engineering & Management कार्यक्रम सञ्चालन गर्न लागेको सहर्ष जानकारी गराउँदछौँ ।
बिइआईटीमा ४८ सिट तथा एमएससी इन ट्रान्सपोटेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा ३० सिट ६-६ महिनामा भर्ना लिनेगरी स्वीकृति प्रदान गरिएको पनि अवगत गराउँदछौं । त्यसैगरी, युटेकले नयाँ कार्यक्रमको शुभारम्भका साथै जर्नल अफ युटेक इन्जिनियरिङ म्यानेटमेन्ट (JUEM) दोस्रो संस्करणको समेत अनावरण गरेको छ । साथै कलेजले चितवनकै पहिलो अन्तर्राष्ट्रिय गोष्ठी २०२१ सफलतापछि यसै वर्ष असोज ६ गतेका दिन दोस्रो अन्तर्राष्ट्रिय’Sustainable Contraction Technology and Management: Challenges and Opportunities’ (SCTM-24) विषयक गोष्ठी सञ्चालन गर्न लागेको जानकारी गराउँदछौँ। कलेजले अहिले BE Computer (४८ जना), BE Civil (९६ जना), BE Electrical and Electronics (४८ जना) तथा स्नातकोत्तरतर्फ MSc In Constriction Management (दुई इन्टेकमा १५-१५ जना) अध्यापन गराइरहेको छ । विभिन्न विधामा गरी पाँच सय जना भन्दा बढी इन्जिनियरहरु सेवारत रहेका छन् र कलेजमा अनुभवी तथा दक्ष प्राध्यापकहरुबाट अध्यापन गराइँदै आइरहेको छ । आदरणीय पत्रकार मित्रहरु । हरेक शैक्षिक सत्रमा पोखरा विश्वविद्यालयबाट लिइने परीक्षामा यस कलेजबाट विद्यार्थीहरुले चार जिपिएसहित उत्कृष्ट नतिजा ल्याउने गरेका छन् । यस कलेजका विद्यार्थीहरुले डिन लिस्टमा समेत समावेश भइ कलेज तथा विश्वविद्यालय परिवारलाई गौरवान्वित बनाएका छन् । कलेजमा उत्कृष्ट आधुनिक ल्याब, पुस्तकालयका साथै हरेक कक्षामा Power Point Projector को माध्यमबाट पढाइ हुने गरेको छ। उच्च गतिको इन्टरनेट सेवा रहेको साथै कलेजमा विद्यार्थीहरुका युनाइटेड टेक क्लब र युनाइटेड रोबो क्लब गरी दुईवटा क्लबहरु रहेका छन् ।




