रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष तथा समन्वय समितिका अध्यक्ष गिरीले व्यवसायी विकास, सुरक्षा र पर्यटन मार्फट पूर्वी चितवनको आर्थिक विकास गर्ने गरी व्यवसायीहरु एकठाउँमा उभिएको बताए । भेलामा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले पूर्वी चितवनका चार पालिकाका बासिन्दाहरुले अनुभूति गर्ने गरी निजीक्षेत्रले विकासमा योगदान गर्ने बेला आएको बताए ।
भेलामा पूर्वी चितवनको र्आिर्थक तथा पर्यटकीय संम्भावना र चुनौतीका बारेमा छलफल गरिएको थियो । पूर्वी चितवनमा रहेका पर्यटकीय स्थलहरुको पहिचान र प्रवद्र्धन, धार्मिक पर्यटकीय क्षेत्रको प्रवद्र्धन र उद्योग व्यवसायीहरुको साझा एजेण्डा तथा स्थानीय सरकारबाट लिइएको व्यवसाय कर, व्यवसायीक पहिचान वोर्ड कर, विद्युतको समस्या, पर्यटन क्षेत्रमा आएका समस्याहरुको बारेमा छलफल गरी सामधानका उपायहरुको खोजी समेत गरिएको संघका अध्यक्ष गिरीले बताए ।
कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका पदाधिकारी, खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष सहित पदाधिकारी, राप्ती उद्योग वाणिज्य संघका का.वा.अध्यक्ष सहित पदाधिकारी, उद्योग संघ रत्ननगर समितिका अध्यक्ष सहित पदाधिकारी, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सहित पदाधिकारी, रेष्टुरेण्ट एण्ड बार एसोसियसनका अध्याक्ष सहित पदाधिकारी, साना पर्यटन व्यवसायी समितिका अध्यक्ष सहित पदाधिकारी लगायतका उपस्थिति रहेको थियो । संघका महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष निराजन खनालले कार्यक्रमको उद्देश्यका बारेमा प्रकास पारेका थिए ।




