चितवन/पुष मसान्तसम्म सुनचाँदी निर्देशिका पुर्नलेखन गरि समयसापेक्ष व्यवसायी मैत्री बनाइ जारी गर्नेगरि नेपाल सुनचाँदी व्यवसायी महासंघले कार्य अगाडी बढाएको अध्यक्ष अर्जुन रसाईलीले बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी संघ, चितवनद्धारा आयोजित महासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष रसाईलीले सो कुरा बताएका हुन् । “यो कार्यकालमा दिनरात नभनी व्यवसायीका हकहितका निम्ति लाग्ने र व्यवसायिक हितकारी कार्य गर्ने” अध्यक्ष रसाईली बताएका छन् ।
महासंघको महाधिवेशनमा मत तथा मन दिएर सहयोग गर्नुहुने चितवनका मतदाता तथा प्रतिनिधिहरुलाई अध्यक्ष रसाईलीले धन्यवाद समेत ज्ञापन गरेका छन् । अध्यक्ष रसाईलीले भने “म महासंघको अध्यक्ष पदमा निर्वाचित भएको एक सय दिनमा परिणाममुखि नतिजा ल्याउनेछु ।” अहिले धेरै बोल्ने समय नभई परिणाममुखि नतिजा ल्याउने समयभएकोले यो तीन वर्ष व्यवसायीहरुको समस्याहरु पूर्ण समाधान गर्नेतर्फ केन्द्रीत रहने अध्यक्ष रसाईलीले बताएका छन् ।
नेपाल सुनचाँदी व्यवसायी संघ, चितवनका अध्यक्ष डा.यमबहादुर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष रसाईलीसहित महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्य, महासचिव किरणभाई बज्राचार्य, सचिव टुलकप्रसाद विश्वकर्मा, प्रवक्ता जीवनज्योति सदाशंकर,सहकोषाध्यक्ष पद्मसुन्दर शाक्य, मधेश प्रदेश सभापति रामजी शाह, पदाधिकारी सदस्य प्रकाश गहतराज, केन्द्रीय सदस्य(महिला)ऋतु विश्वकर्मा, केन्द्रीय सदस्य(मनोनित) कामेश्वर नाथ शाह, स्थायी आमन्त्रित सदस्यहरु जुलेन पोख्रेल, होमबहादुर सुनार, सानुबज्र बज्राचार्य, रत्नसुन्दर शाक्य, केदारमान शाक्य, बागमति प्रदेश उपसभापति यमकुमार ल्वागुन, बागमति प्रदेश सदस्य टेकबहादुर विश्वकर्मा(दिनेश)लाई सम्मानपत्र तथा खादा,माला प्रदान गरि स्वागत तथा सम्मान गरेका हुन्। कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी संघ, चितवनका वरिष्ठ उपाध्यक्ष एवम् कार्यक्रम संयोजक हेमबहादुर विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने चितवनका उपाध्यक्ष एवम् कार्यक्रम सह–संयोजक उत्सव विश्वकर्माले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरिक्षक भावेश रिमाल, महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्य, महासचिव किरणभाई बज्राचार्य, सचिव टुलकप्रसाद विश्वकर्मा, प्रवक्ता जीवनज्योति सदाशंकर,सहकोषाध्यक्ष पद्मसुन्दर शाक्य, मधेश प्रदेश सभापति रामजी शाह, पदाधिकारी सदस्य प्रकाश गहतराज, केन्द्रीय सदस्य(महिला)ऋतु विश्वकर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।




