भरतपुर/देशभर परेको अबिरल बर्षाको कारण देशैभरको जनजीवन प्रवाहित बनेको छ । नेपाल सरकार, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहने देशभर अधिकांश बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सोमबार साँझदेखि परेको अविरल बर्षाको कारण भरतपुर आसपासको क्षेत्र जलमग्न भएको छ । भरतपुरस्थित चितवन उद्योग संघको परिसर, भरतपुर महानगरपालिका वडा नं. १० स्थित स्याउलीबजार टोल भित्रको भिन्तुनारोड, हाकिमचोक, दुरसञ्चाररोड लगायतका क्षेत्रमा जलमग्न भएको छ । भारी बर्षाको कारण घरभित्र पानी पसेर जनजीवन प्रभावित बनेको स्थानीयहरुको भनाई छ ।
प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानहरुमा तथा कर्णाली र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, र सुदुर पश्चिमका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेशको एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।





