• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

सयौंलाई रोजगारी दिदै बुद्धिमाया घले


  •   शुक्रबार, साउन १८, २०८१ मा प्रकाशित
  • भनाई नै छ– ‘लिएको ज्ञान र सिकेको सिप खेर जाँदैन’ । यसको ज्वलन्त उदाहरण बनेकी छिन्, बुद्धिमाया घले । जसलाई करिब दुई दशकअघि सिकेको सिपले आज करोडौँको व्यवसायी बनाएको छ ।

    Advertisement

    त्यो एउटा सामान्य तालिम मात्र थियो । अरू धेरै साथीहरूले पनि सँगै तालिम लिएका थिए । तर, चितवनको कालिका नगरपालिका वडा नं. २ पदमपुरकी घलेले भने त्यसको सदुपयोग गरिन् । जसले उनको जीवन नै परिवर्तन गरिदियो ।

    पर्साको ठोरीमा जन्मिएकी उनको १५ वर्ष मै विवाह भयो  । त्यसबेला उनी कक्षा ८ मा पढ्दै थिइन । विवाहपछि पढाइलाई निरन्तरता दिन सकिनन् । घरको जिम्मेवारीले थिच्यो उनलाई।

    ‘सम्पत्तिको नाममा एउटा घर मात्रै थियो । आफू नि सानै थिए । श्रीमान् पनि सानै हुनुहुन्थ्यो । सासू ससुरा बुढा भइसक्नु भएको थियो । घरको जिम्मेवारी थियो । के गर्ने भन्ने सोच्न नि सकिरहेको थिइन’, बुद्धिमाया भन्छिन्।

    त्यो जिम्मेवारी पुरा गर्न कै लागि उनले कामको खोजी गरिरहेकी थिइन । त्यसैबेला तालिमको अवसर मिल्यो ।

    वि.सं. २०६२ सालमा पदमपुरमा राष्ट्रिय संरक्षण कोषले धागो कात्ने (चर्खा) सम्बन्धी तालिम सञ्चालन गर्‍यो । २० जना सहभागी उक्त तालिममा बुद्धिमाया पनि थिइन् । र, उनीसहित अन्य महिलाहरूले पनि सिप सिके । पछि उनकै नेतृत्वमा समूह गठन भयो ।

    त्यो क्षण सम्झिँदै घले भन्छिन्,  ‘यो कार्यक्रम सञ्चालन गर्ने बेलामा मेरो नेतृत्वमा समूह गठन गरियो । मलाइ नै किन छान्नु भयो भनेर डर लागेको थियो । नेतृत्व गर्न नसक्ने हो की भनेर म आफै आत्तिन्थे ।’

    सिप सिकेपछि त्यो सिपको उपयोगलाई निरन्तरता दिन भने निकै सकस पर्‍यो, उनलाई । ‘सुरुमा तालिम लिन बेस्सरी गाह्रो भयो । १६ दिनमा बल्ल बल्ल एक किलो भ्याउँथे । तर, हरेस खाइन । निरन्तर प्रयास गर्दै गएँ। अहिले यहाँसम्म आइपुगेँ ’, उनी भन्छिन् ।

    बुद्धिमायाका अनुसार आज उनी जहाँ छिन् त्यो सफलता हात पर्छ भन्ने उनले सोचेकी समेत थिइनन् । धेरै वर्षको अथक प्रयास पछि उनी सफल उद्यमी बनेकी छिन् ।

    पदमपुर गाउँ र चर्खा

    चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको पुरानो पदमपुर गाउँ विकास समितिलाई नेपाल सरकारको निर्णय अनुसार बस्तीमा रूपान्तरण गरिएको हो । वि।स। २०५२ सालदेखि वरण्डाभार जैविक मार्गमा रहेको वन क्षेत्रलाई कटान गरी बस्ती बसालिएको हो । यस क्षेत्रमा हाल धेरै जातजातीका मानिसहरूको बसोबास रहेको छ।

    पुरानो पदमपुरको गाउँ जस्ताको त्यस्तै रूपमा बस्ती बसालिएको हुँदा यो ठाउँको नाम पनि सोही पुरानो स्थान अनुसार नै छ । पहिला यस स्थान पदमपुर गाउँ विकास समिति थियो भने हाल देशमा भएको राजनैतिक परिवर्तन सँगै पदमपुर गाउँ विकास समिति कालिका नगरपालिकामा गाभिएको छ । हाल कालिका नगरपालिकाको वडा नं २, ३, ४ र ५ मा पर्छ, पदमपुर।

    चितवन राष्ट्रिय निकुञ्जको जंगलबीचमा बसेको साबिक पदमपुर गाविस नै स्थानान्तरण भयो । यहाँका स्थानीयहरू गुजारा चलाउन वन जंगलमा गई दाउरा चोरी निकासी गर्ने गर्थे । उनीहरूलाई घरमै बसेर आय आर्जन गराउन र जंगलमाथीको मानवीय चाप घटाउन चर्खा कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रम सञ्चालनपछि बुद्धिमायाकै नेतृत्वमा गाउँमा एक सय चर्खा बाँडियो ।

    सो कार्यक्रम दुई वर्षपछि बन्द भयो । व्यवस्थापनको अभावमा २०६४ सालमा चर्खा कार्यक्रम बन्द भएको थियो । तर, २०७० सालको जेठ महिनाबाट त्यसलाई फेरि सुरु गरिएको बुद्धिमाया बताउँछिन् ।

    ‘सुरुको दुई वर्ष राम्रै चलेको थियो । पछि व्यवस्थापन राम्रो हुन नसकेकाले बन्द भयो । ६ वर्षसम्म बन्द भएको यो कार्यक्रम फेरि सञ्चालन गरियो’, उनले सुनाइन् ।

    …अनि खोलिन् उद्योग

    उक्त कार्यक्रमबाट उत्पादन भएको सरसमानहरुलाई व्यवस्थित रूपमा बजार व्यवस्था गर्न अझै धेरै तालिम सञ्चालन गर्नु पर्छ भन्ने लाग्यो, उनलाई । एउटा संस्था नै आवश्यकता छ भनेर उनले उनले घरेलु तथा साना उद्योग कार्यालय चितवनमा उद्योग दर्ता गरिन् । नाम राखिन्, ‘बिएम हस्तकला प्रशिक्षण उद्योग’ ।

    ‘पाँच लाख पुँजी राखेर उद्योग दर्ता गरेँ । चर्खाको काम गरेँ । सोही कामबाट कमाएको पैसा उद्योगमा लगानी गरे’, उनले भनिन्, ‘ऋण खोजेको कसैले दिएनन् । काम गर्दै थोरै थोरै बचत गरेको थिएँ । त्यही बचतको पैसा लगानी गरेँ ।’

    उद्योग दर्तापछि उनले आफूले सिकेको सिप अन्य महिलाहरूलाई पनि सिकाउन थालिन् । केहिलाई उद्योगमै राखेर काम दिएकी छिन् भने केहिलाई घरमै बसेर गर्न मिल्ने वातावरण मिलाएकी छिन् । उनीहरूलाई आम्दानीको राम्रो स्रोत बनाइदिएकी छिन् । कमाउने बाटो देखाइदिएकी छिन् ।

    प्रत्यक्ष र अप्रत्यक्षरुपमा अहिले उनको उद्योगमा ६ सयजना श्रमिकहरू आबद्ध रहेका छन् । त्यसमा पनि सबैभन्दा बढी महिला रहेका छन् । आदिवासी, जनजाति, दलित, चेपाङ र एकल महिलाहरूलाई प्राथमिकतामा राखेर उनले काम दिएकी छिन् । उनीहरू गलैँचा बुन्ने, ढाकाको काम गर्ने, ऊनीबाट धागो निकाल्ने काममा गर्छन्। बुद्धिमायाका अनुसार उनीहरूले मासिक ३० हजार भन्दा बढी आम्दानी गर्दै आएका छन् ।

    बुद्धिमाया भन्छिन्,  ‘हामी उनीलाई कच्चा पदार्थ दिन्छौँ । उनीहरूले तयार गरेको सामान हामी खरिद गरिदिन्छौ । बिएम हस्तकला उद्योगले ऊन बुन्ने, गलैँचा तयार गर्ने, गिफ्टका सामानहरू बनाउने, ढाकाबाट सजावटका सामानहरू तथा कपडाहरू तयार गर्ने, सपिङ ब्यागहरू तयार गर्ने गर्दै आएको छ ।’

    उनका अनुसार उद्योगले ३९९ जना विपन्न महिलाहरूले चर्खा मार्फत ऊन कातेर आय आर्जन गरिरहेका छन् । १५० जना विपन्न महिलाहरूले गलैँचा बुन्छन् । २० जना विपन्न महिलाहरूले गिफ्टका सामान तयार गर्ने गरेका छन् । उनीहरूले राम्रो आयआर्जन गरी छोराछोरी राम्रोसँग पढाउनका साथै घर व्यवहार पनि चलाएको बुद्धिमाया बताउँछिन् ।

    ‘सुरुमा म तालिम दिन्छु । तालिम पछि रोजगारी दिने गरेको छु । उनीहरूले अहिले राम्रो आम्दानी गरिरहेका छन्’, उनले भनिन्, ‘राेजेगारी पाएपछि धेरै समस्याहरू समाधान हुने रहेछ । हामीले रोजगारी दिएकाहरूले उहाँहरूले राम्रो गरिरहनु भएको छ ।’

    विदेश निर्यात, करोडौंको कारोबार 

    बिएम हस्तकलाले उत्पादन गरेको सामानहरूको खास बजार भने विदेश नै हो । जर्मन, अष्ट्रेलिया, चीन, भारत लगायत देशहरूमा यस उद्योगले उत्पादन गरेका सामानहरू निर्यात हुँदै आएको छ । उनको उद्योगले अहिले वार्षिक तीनकरोड भन्दा बढीको कारोबार गर्दै आएको छ ।

    बुद्धिमायाको नेतृत्वमा सहकारी संस्था पनि छ, ‘चेतना चेली बहुउद्देश्यीय सहकारी संस्था’ । उनीहरूले त्यसमार्फत पनि धेरैलाई जोडेका छन् ।

    ‘सहकारी मार्फत पनि हामीले धेरैलाई काममा जोडेका छौँ । यसका सात सय बढी सदस्यहरूलाई काम दिएका छौँ । उनीहरूले गरेको आम्दानीको केही हिस्सा उनीहरूले सहकारीमै बचत गर्ने गरेका छन्’, उनले भनिन् ।

    उद्योग सञ्चालनको सुरुवातमा उनले त्यति धेरै आम्दानी गर्न सकिनन् । बिस्तारै भने उनको उद्योगले लय लिन थाल्यो । ऊनबाट धागो बनाउने काम गर्दै गर्दा उनले गलैँचा, ढाकाका कपडा, गिफ्टका सामानहरू बनाउने काम पनि विस्तार गरिन् । अहिले उनी वार्षिक तीन करोडसम्मको कारोबार गर्दै आएकी छिन् ।

    सिप सिक्ने हो भने भोकै बस्नु नपर्ने उनको अनुभव छ । बुद्धिमाया भन्छिन्,  ‘मुख्य कुरा भनेको हातमा सिप रहेछ । सिप सिक्ने हो भने भोकै बस्नु पर्दैन । महिलाले पनि आम्दानी गर्ने हो भने परिवार पनि खुसी हुन्छ । आफू पनि आत्मनिर्भर भइन्छ ।’

    आफ्नो जीवन संघर्ष हेरेर अरू धेरै महिलाहरूले आत्मबल बढाउनु पर्ने बताउँदै उनी भन्छिन्, ‘मेरो जीवन सफल बनाउन धेरै संघर्ष गरेँ । पहिले धेरैले बुद्धिमायासँग नजिक नजानु है बिग्रिन्छौँ भन्थे । तर, अहिले रोजगारी चाहिए बुद्धिमायालाई भेट्नु भन्छन् । यो सुनेर खुसी लाग्छ ।’

    उनले विभिन्न समयमा उत्कृष्ट उद्यमीको पुरस्कार समेत पाएकी छिन् । वि.सं २०७६ सालमा उनलाई बागमती प्रदेश सरकारले प्रदेशकै दोस्रो उत्कृष्ट महिला उद्यमीको पुरस्कार दियो । त्यस्तै, उनलाई २०७८ सालमा उद्योग तथा वाणिज्य विभागले उत्कृष्ट घरेलु उद्यमीको पुरस्कार प्रदान गरेको थियो ।

    -आर्थिकन्यूजबाट

    शुक्रबार, साउन १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ६.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ७.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ८.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.