• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको प्रथम अडिसन श्रावण १९ मा


  •   बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
  • काठमाडौं/ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको प्रथम अडिसन गंगबुँ आत्मज्ञान स्थित कुक्कु रेष्टुरेष्ट एण्ड ईभेण्टमा हुने भएको छ । यस सौन्दर्य प्रतियोगिताको लागि श्रावण १९ गते शनिवार विहान १० बजेदेखी ३ः३० बजेको समयसम्म अडिसन हुन लागेको हो । जसमा चर्चित गायक आनन्द कार्की, अन्र्तराष्ट्रिय कोरियोग्राफर तथा मोडल रोजिन शाक्य, फेसन डिजाईनर तृष्णा गुरुङ्ग, रोटरी क्लब अफ ज्ञानेश्वरकी सचिव तथा अटाईर बाई सृष्टिकी संस्थापक सृष्टि त्रिपाठी र गीतकार एवं समाजसेवी सत्यकला लामा निर्णायक रहने छन् । नेपाल टेलिभिजनबाट बाल कार्यक्रम देखी हास्य टेलिश्रीङ्खला हुँदै मेगा इभेन्ट मानिने टेलिभिजन रियालिटी शो आयोजना साथै सहकार्यमा विविध इभेन्ट कार्यक्रम प्रस्तुत गर्दै आएको ग्लोरी मिडियाले बाल दिवस २०८१ को अवसर पारेर कार्यक्रम आयोजना गर्न लागेको हो । ७ देखी १८ बर्षसम्मका बालबालिकाहरुले कार्यक्रममा भाग लिन पाउने मिडियाले जनाएको छ । जसमा ७ बर्षदेखी १२ बर्ष उमेर समुहका बालबालिकाले किड्स ट्यालेण्ट र १३ देखी १८ बर्ष उमेरका बालबालिकाहरुले टिन ट्यालेण्टमा भाग लिन पाउनेछन ।
    प्रतियोगीले १८ घण्टा बराबर करिब २० दिन अवधिको कोरियोग्राफीसहित व्यक्तित्व विकास, आत्मविश्वास, मोडलिङ, क्यामेरा फेस तथा टेलिभिजन कार्यक्रम संचालन लगायतका बिषयमा प्रशिक्षण प्राप्त गर्नेछन । प्रतियोगिता अन्तर्गत प्रथम अडिसन पस्चात १८ घण्टाको लागि प्रशिक्षण शुरु हुनेछ भने भाद्र २९ गते राष्ट्रिय बाल दिवसको अवसरमाझ ग्राण्ड फिनाले कार्यक्रम आयोजना गरिने ग्लोरी मिडियाका अध्यक्ष एवम प्रबन्ध निर्देशक सरोज ओझाले जानकारी दिएका छन । कार्यक्रममा अन्तरराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य मुख्य कोरियोग्राफर रहने पनि उनले बताए । ‘यो सौन्दर्य प्रतियोगिता मात्रै नभई बृहद र बाल सहभागितामुलक टेलिभिजन कार्यक्रम निर्माणको तयारी पनि हो । त्यसैले यो प्रतियोगिता अन्य प्याजेन्ट शो भन्दा भिन्न हुनेछ र हामी बालबालिकामैत्री शोको अवधारणालाई अगाडि बढाउने प्रयत्न यसै प्रतियोगिता मार्फत गर्दैछौँ’ ओझाले कार्यक्रम आयोजनाको उदेश्य माथि प्रकाश पार्दै भने । ग्लोरीले कार्यक्रमका लागि वर्ल्ड टच टुर्स एण्ड ट्राभल्स, ल्होत्से थकाली, श्रीराज टेलर्स, ग्लोबल अनलाईन पे, एभेन्टोज नेपाल, मोडल सङस नेपाल, राज्य मिडिया नेटवर्क लगायतका संस्था तथा कम्पनीहरुसँग सहकार्य गरेको छ भने सहकार्य साझेदारहरु थप गरिदै लगिने पनि जनाएको छ ।
    प्रतियोगितासँग केही ठुला कम्पनीहरु, बालबालिकाको अधिकारको क्षेत्रमा कृयाशिल संघ संस्था, शिक्षालय तथा सो सम्बद्ध छाता संस्था,अभिभावक सम्बद्ध संस्था आदी समेत प्रायोजक र साझेदारका रुपमा जोडिन सक्ने बाटो खुला रहेको ओझाले बताए । प्रतियोगिताका उपाधी विजेतालाई नगद २५ हजार, फर्स्ट रनर अपलाई १५ हजार र सेकेण्ड रनर अपलाई १० हजार नगदसहित पोखरा जाने आउने टुरिष्ट बसको टिकट उपलब्ध गराइनुका साथै अन्य गिफट ह्याम्पर प्रदान गरिने छ । त्यसो त कार्यक्रमका विजेताहरुले ग्लोरी मिडियाले एनटिभि न्युजमा बुधबार राती ९ः१५ मा प्रस्तुत गर्दै आएको पाक्षिक कार्यक्रम सचेतनामा बालबालिका बिशेष ईपिसोड संचालन गर्न पाउनेछन । बाल दिवसको अवसर पारेर ग्लोरी मिडियाको आयोजनामा हुन लागेको ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसले बालबालिकाहरुको अधिकारलाई समेत मुखरित गर्नेमा आफु विश्वस्त रहेको साझेदार कम्पनी राज्य मिडिया नेटवर्कका सिईओ डेभिल सिँह राजपुतले बताए । टेलिभिजन कार्यक्रमतर्फ बाल कार्यक्रम बाल आवाज, हास्य टेलिश्रीङ्खला कुरा मात्र भो, कुकिङ रियालिटी शो कलेज सेफ आईकन, शान्ती तथा परिवार बिशेष कार्यक्रम आदर्श परिवार हुँदै हाल पनि एनटिभी न्युजमा कार्यक्रम सचेतना प्रस्तुत गर्दै आएको ग्लोरीले इभेन्टतर्फ फेस अफ नेशन, द मम्, सुपर प्लस साईज मोडल, नेक्स्ट सुपर मोडल लगायतका सफल इभेन्टहरुमा साझेदार रहि कार्य गरेको छ ।

    Advertisement

    बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.