• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

प्रोफेसनल एजुकेटर्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स (एनएलआईसी) बीच इक्विटी लगानी सम्झौता सम्पन्न

  •   बिहिबार, साउन १०, २०८१ मा प्रकाशित
  • काठमाण्डौं/नेपालको शैक्षिक विकासका लागि विद्यालय तहदेखि उच्च शिक्षाका क्षेत्रमा विश्वस्तरीय शिक्षा प्रदायक शैक्षिक संस्थाहरूको स्थापना र प्रवर्धन गर्ने उद्देश्यका साथ मध्य बानेश्वर, काठमाडौँमा २०६१ सालमा स्थापना भएको प्रोफेसनल एजुकेटर्स लिमिटेडकोे नाम प्राज्ञिक जगत्मा अग्रणी एवम् गरिमामय छ । ग्लोबल कलेज अफ म्यानेजमेन्ट, ग्लोबल स्कुल अफ साइन्स, युनिग्लोब स्कुल÷कलेज, भ्याली भ्यु स्कुल, ग्लोबल कलेज इन्टरनेसनल र लिबर्टी कलेज जस्ता ख्यातिप्राप्त शैक्षिक संस्थाहरूको स्थापना, व्यवस्थापन एवम् सञ्चालनका क्रममा निजी क्षेत्रको विशिष्ट योगदानस्वरूप विभिन्न क्षेत्रबाट उच्च योगदान पु¥याउँदै आउनुभएका विज्ञ व्यक्तित्वहरूको संलग्नतामा आरम्भ भएको शैक्षिक यात्राले आज सुनौलो गन्तव्य पहिल्याउन सफल भएको छ । २० वर्षको गौरवशाली शैक्षिक इतिहास निर्माण गरिसकेको प्रतिष्ठित शैक्षिक संस्था प्रोफेसनल एजुकेटर्स लिमिटेड (ग्लोबल ग्रुप) एवम् नेपालकै सर्वाधिक विश्वासिलो बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ९ल्ीक्ष्ऋ० का बीचमा संस्थागत विकासको वृहत्तर अवधारणाअनुरूप इक्विटी लगानी सम्झौता सम्पन्न भएको छ ।

    Advertisement

    वि.सं. २०८१ श्रावण ६ गते, गुरुपूणर््िामाका दिन प्रोफेसनल एजुकेटर्स लिमिटेडका अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझा, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष श्री गोविन्दलाल सङ्घाई, वरिष्ठ सञ्चालक तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री कमलेश अग्रवाल तथा दुवै प्रतिष्ठित कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतहरू, वरिष्ठ अधिकृतहरू, चार्टर्ड एकाउन्टेन्टहरू तथा कानुनी सल्लाहकारहरू समेतको उपस्थितिमा रोयल सिङ्गी होटेलमा आयोजना भएको विशेष समारोहमा प्रोफेसनल एजुकेटर्स लिमिटेडका तर्फबाट अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझा र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ९ल्ीक्ष्ऋ० का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रवीणरमण पराजुलीले इक्विटी लगानी सम्झौतामा हस्ताक्षर गर्नुभयो । लगानीका क्षेत्रमा नेपालमा पहिलो पटक संस्थागतरूपमा यस किसिमको अभूतपूर्व सहकार्य हुँदै मुलुकको शैक्षिक इतिहासमा नयाँ आयामको थालनी भएको छ । शैक्षिक प्रवर्धनमुखी कदम र नयाँ प्रयोगका माध्यमबाट प्रोफेसनल एजुकेटर्स लिमिटेडले आफ्नो आगामी यात्राक्रममा शिक्षा क्षेत्रको दिगो संस्थागत संरचना खडा गर्दै अगाडि बढ्ने लक्ष्य लिएको छ । यस हेतु कम्पनीले आपूलाई संस्थागत सुशासन र पारदर्शितामा अब्बल साबित गर्दै गुणस्तर कायम गर्न सबल र सक्षम भई विद्यार्थीवर्गको भविष्य सुनिश्चित हुनेछ । यस किसिमको पहलबाट कम्पनीको गरिमा स्वतः अभिवृद्धि हुनजाने भएकाले नेपालको शिक्षा क्षेत्रमा यस लगानी सम्झौताको सन्दर्भलाई शैक्षिक विकासको कोसेढुङ्गो मान्न सकिन्छ ।

    अत्याधुनिक भौतिक पूर्वाधार, प्रविधिमैत्री शैक्षिक वातावरण, दक्ष जनशक्ति, स्पष्ट एवम् पारदर्शी कार्यनीति र निरन्तर उत्कृष्ट नतिजा आदि विशेषताहरूलाई आत्मसात् गर्दै आएको प्रोफेसनल एजुकेटर्स लिमिटेडले निकट भविष्यमा नै सर्वसाधारणका लागि लगानीको अवसर प्रदान गर्ने गरी प्राथमिक सार्वजनिक निस्काशन (आईपीओ) जारी गर्न धितोपत्रको सूचीकरणसम्बन्धी प्रक्रियासमेत अगाडि बढाउने भएको छ । यस किसिमका अग्रगामी पहलकदमीबाट शैक्षिक क्षेत्रमा नव उन्नयन हुँदै काँचुली फेरिने अपेक्षाका साथ दुवै पक्षबाट सहकार्यका साथ अघि बढ्ने प्रण गरिएको छ । साथै, नेपालको निजी क्षेत्रबाट सेवा प्रदान गरिएको शैक्षिक क्षेत्रको संस्थागत विकासमा यस किसिमको सहकार्यबाट समृद्धिको नयाँ अध्याय सुरु भएको विश्लेषण गरिएको छ ।

    बिहिबार, साउन १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ६.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ७.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ८.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.