प्रभात इङलिस बोर्डिङ सेकेन्डरी स्कुल सैनामैना -४, मुर्गिया द्वारा मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) लुम्बिनी प्रदेश रुपन्देही तिलाेत्तमा सेवा केन्द्रमा गरिमा बढाइरहनुभएका लक्ष्मीनारायण एवम बालगाेपालहरूकाे सेवा सहजताको निम्ति जिन्सी सामाग्रीहरू चामल २२० के.जी., दाल ३० के.जी., तेल २ कार्टुन , पिठाे २५ के.जी., साबुन २३ पिस, बिस्कुट ९ प्याकेट, बेसार ४ प्याकेट, धनिया ४ प्याकेट, नुन ७ के.जी., आप ५० के.जी. चिनी २ के.जी. र चाेखाेपन २२० पिस सामाग्रीहरु स -प्रेम अर्पण गर्नुभएको छ।
मानवीय सेवामा योगदान पुर्याउनुहुने प्रभात इङलिस वोर्डिङ सेकेन्डरी स्कुलका प्रध्यानाध्यापक अनन्तराम शर्मा एवं उपस्थिति सम्पूर्ण परोपकारी एंव मानवता प्रेमीहरुमा मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) लुम्बिनी प्रदेश रुपन्देही तिलोत्तमा सेवा केन्द्रको तर्फबाट हार्दिक आभार व्यक्त गरियो ।

Advertisement




