बागलुङ/बागलुङ नगरपालिका वडा नं. ७, हर्राचौर हाल भरतपुर महानगरपालिका वडा नं. ११ जागृति टोल निवासी क्षेत्री समाज नेपालका केन्द्रीय सदस्य, समाजसेवी हेमन्त के.सी.(हरी) द्वारा आफ्नो जन्मदिनको शुभ अवसरमा स्व.बुबा लाल बहादुर के।सी।को स्मृतिमा मानवसेवा आश्रम बागलुङ शाखाको निरयघाटमा बन्दै गरेको भवन निर्माण सेवालाई थप सहज बनाउनका निम्ति नगद रू ५१,००० सहयोग गर्नुभएको छ ।
Advertisement

नगद हस्तान्तरण कार्यक्रममा मानवीय सेवामा संयोजकारी भुमिका निर्वाह गर्नुहुने क्षत्री समाज बागलुङका अध्यक्ष आदरणीय रुद्र महत, सल्लाहकार तेज बहादुर खत्री, वरिष्ठ उपाध्यक्ष शिवकला थापा, सचिव कविराज क्षेत्री र आश्रमका अभिभावक लक्ष्मी बास्कोटा लगायतको उपस्थिति रहेको थियो ।




