मुग्लिन/पहिरोले अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सुचारू भएको छ । आज बिहान करिब सवा ९ बजेतिर उक्त सडक खण्डको भरतपुर २९ स्थित सिमलतालमा लेदो सहितको पहिरो जादा अवरुद्ध बनेको थियो । अवरुद्ध सडकको पहिरो पन्छाई करिब सवा १० बजेतिरबाट राजमार्ग संचालनमा आएको साइट सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए ।
Advertisement




