फिल्मका ‘१२ सत्ताइस’को ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौंमा एक कार्यक्रमकाबीच फिल्मको ट्रेलर सार्बजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा ३ बेरोजगार युवाहरुको पैसा कमाउने धन्दाको कथालाई कमेडी शैलिम प्रस्तुत गरिएको देख्न सकिन्छ। जोन योञ्जनको निर्देशनमा तयार भएको फिल्म आउँदो मंसिरको २७ गतेदेखि प्रदर्शनमा आउँने छ । चलचित्रमा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोन राज उप्रेती, भिष्म जोशी, अस्मिता खनाल, बिना कार्की लगायत कलाकारहरुको अभिनय छ। ह्याप्पी प्लानेट फिल्मस र कमेरो स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मलाई रेणु राना, दिपक खतिवडा र रुपक थापाले निर्माण गरेका हुन्। निर्देशक जोन योञ्जनकै कथा रहेको फिल्ममा दिपक आर्जेको संगीत रहेको छ।अनिष स्याङ्गदेनको छायांकन रहेको फिल्मलाई कृष्ण भण्डारीले सम्पादन गरेका छन्।
फिल्म ‘१२ सत्ताइस’को ट्रेलर सार्वजनिक
फिल्म ‘१२ सत्ताइस’को ट्रेलर सार्वजनिक
तपाईको प्रतिक्रिया




