• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

पढाइलाई व्यवसायमा उतार्दै वीरेन्द्रमा अध्ययनरत विद्यार्थी विनय : खोले ‘खाजा पोइन्ट’

  •   बुधबार, असार १३, २०८१ मा प्रकाशित
  • चितवन/स्नातक (व्याचलर) लेभल पढिरहेको उमेरमा आफ्नै व्यवसाय सञ्चालन गरिरहेकाहरु खोज्ने हो भने एकदमै कमै मात्रामा भेटिन्छन् । नेपालमा व्याचलर लेभल पढ्ने धेरैजसो विद्यार्थी घरपरिवारकै खर्चमा पढिरहेका हुन्छन् । केहीले जागिर गर्दै पढिरहेका पनि छन् । तर आफ्नै व्यवसाय नै खोलेर पढाइसँगै व्यवसायलाई अघि बढाउने विद्यार्थी कमैमात्र भेटिन्छन् ।

    Advertisement

    चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस बिबिएस दोश्रो वर्षमा अध्ययनरत २० वर्षीय विद्यार्थी विनय आचार्यले पनि आफ्नै व्यवसाय सुरु गरेका छन् । क्याम्पसको व्यावसायिक सटरमा उनले ‘खाजा पोइन्ट’ नामक होटल सञ्चालन गरेका हुन् ।

    खाजा पोइन्टको वीरेन्द्र क्याम्पस प्रमुख दायाराम पौडेलले उद्घाटन गरे । उद्घाटन गर्दै उनले बिबिएस भनेको व्यवसायसँग सम्बन्धित पढाइ भएको र उक्त पढाइलाई सीपमा ढालेको भन्दै आचार्यको प्रसंशा गरे ।

    अहिले जागिर खोज्ने तर आफै केही उद्यम गर्न नखोज्ने प्रवृत्ति देखिएको अवस्थामा आफ्नै व्यवसाय खोलेर आचार्यले एक उदाहरण प्रस्तुत गरेको पौडेलको भनाइ छ ।

    घरबाट बाउआमासँग पैसा मागेर ल्याएर पढ्ने अवस्था बिस्तारै कम हुँदै गएको उनले बताए । उनका अनुसार वीरेन्द्र क्याम्पसका आइटीका विद्यार्थीहरुले आइटीको समुह बनाएर आइटीको संस्था बनाएर व्यावसायिक काम गरिरहेका छन् । त्यसैगरी कुनै विद्यार्थीले ट्रेनिङ् सेन्टर खोलेका छन् । त्यसैमध्येको अर्काे खाजा पोइन्ट पनि सञ्चालन आएको बताउँदै उनले विद्यार्थीका यस्ता कामले सिंगो क्याम्पस परिवार खुसी रहेको सुनाए । यस्ता कार्य गर्न अरु विद्यार्थीहरुलाई पनि प्रेरणा मिल्नुपर्ने उनले बताए ।

    आचार्यले आफ्नो पढाईलाई व्यवहारमा उतारेँ झैं अरु विद्यार्थी पनि यसरी नै लाग्नका लागि यस होटलले प्रेरणा प्रदान गर्नेमा आफू विश्वस्त रहेको पौडेलले बताए ।

    विद्यार्थीले सञ्चालन गरेका व्यवसायको विकास र प्रवद्र्धनमा क्याम्पस सदैव सहयोग गर्न तयार रहेको बताउँदै उनले विभिन्न विद्यार्थी संगठनहरुलाई पनि विद्यार्थीको व्यवसायलाई प्रवद्र्धनमा सहयोग गरिदिन आग्रह गरे ।

    वीरेन्द्र क्याम्पस सहायक क्याम्पस प्रमुख भोजराज गौलीले वीरेन्द्र क्याम्पसका सटरहरुमा पहिलो व्यवसायको रुपमा आफ्नै विद्यार्थीले खाजा पोइन्ट सञ्चालन गरेको प्रति खुसी व्यक्त गरे ।
    होटलसँगसँगै आफ्नो पढाइलाई पनि राम्रोसँग निरन्तरता दिन उनले आग्रह गरे । पढ्दै कमाउँदै जुन सोच आचार्यमा विकास भएको छ यो सोच अरु विद्यार्थीहरुमा पनि आउनु पर्ने उनको भनाइ छ । व्यवसायिक सफलताको शुभकामना दिँदै उनले आचार्यबाट अरु विद्यार्थीले पनि सिक्ने वातावरण बन्नुपर्ने बताए ।

    खाजा पोइन्टका सञ्चालक एवम् विद्यार्थी विनय आचार्यले आफू विगतमा अरु व्यवसायमा काम गरेको अनुभव र प्लस टु देखि नै व्यवस्थापन संकाय लिएर पढेको ज्ञानका आधारमा होटल सञ्चालन गरेको बताए । उनले सुरुमा ६ लाख लगानी गरेर होटल सुरु गरेको जानकारी गराए । परिवार र साथी भाइको साथ र सहयोगले होटल सञ्चालन गरेको उनको भनाइ छ ।

    उनले चितवनको बजारमा चल्ने खाजाका अधिकांश परिकार होटलमा पाइने बताए । त्यसैगरी खानाका परिकार पनि बनाइने उनको भनाइ छ । ग्राहकको आवश्यकताअनुसार हामेडेलिभरी अर्थात ग्राहक भएकै ठाउँमा खाजा पुराउने काम पनि उनले गर्ने गरेका छन् ।

    बुधबार, असार १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • २.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ३.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ५.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ७.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ८.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.