भरतपुर/नेपालका सम्पूर्ण भेटेरिनरीयनको छाता संगठन नेपाल भेटेरिनरी एशोसिएसनको ५७ औ स्थापना दिवसको अवसरमा नेपाल भेटेरीनरी एशोसिएसन बागमती प्रदेशले पशु सेवा कार्यालय चितवनमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
प्रदेश अध्यक्ष डा.दिपक तिवारीले स्वागत गर्नुभएको रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नको लागी पशु सेवा कार्यालय चितवन, नेपाल रेडक्रस सोसाईटी, प्रादेशिक रक्त सन्चार केन्द्र भरतपुर चितवन, NVSA–NPI,NVSA–AFU, नेपाल लेयर्स कुखुरापालक सघ, नेपाल फलफूल व्यवसायी संघले सहयोग गरेका थिए ।
रक्तदान कार्यक्रममा कृषि तथा वनविज्ञान विश्वबिधालयका रजिस्ट्रार डा.शारदा थपलिया, नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा.सुबीर सिंह, पशु सेवा कार्यालय चितवनका प्रमुख सुशील के.सी., एशोसिएसनका उपाध्यक्ष डा.रेवन्त कुमार भट्टराई, एशोसिएसनका सचिव डा. बिष्णुहरी शर्मा, नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बराल, , नेपाल भेटेरीनरी एशोसिएसन बागमती प्रदेशका निवर्तमान अध्यक्ष डा.सुलभ श्रेष्ठ लागायत करीब ९६ जना भेटेरीनरियन, बिद्यार्थीहरु तथा सर्वसाधारणको सहभागीता रहेको थियो ।





