• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

रत्ननगर नगरपालिकाले ल्यायो एक अर्ब ४३ करोड ५३ लाखको बजेट


  •   बुधबार, असार १३, २०८१ मा प्रकाशित
  • रत्ननगर/रत्ननगर नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । नगरप्रमुख प्रलाद सापकोटाले गत आर्थिक वर्षको नीति तथा कार्यक्रमको समीक्षा गर्दै फोहोरमैला व्यवस्थापन, बजार सरसफाइ तथा सौन्दर्यकरणमा परिवर्तन भएको बताए । नगर गौरवको आयोजनाका रुपमा कृष्णसार व्यवस्थापन निर्माण सम्पन्न, रत्ननगर हरियाली पार्कको ५५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको, वर्षौंदेखि अतिक्रमणको जोखिममा रहेको लौरीघोल तालको संरक्षणका लागि ब्रेक थ्रु गरिएको र पन्चनदी क्षेत्रको संरक्षण कार्य आरम्भ भएको जानकारी दिए ।

    Advertisement

    यस्तै, एक वडा एक व्यायामशाला निर्माण गरी नागरिकको स्वास्थ्य प्रवद्र्धन गरिएको, शैक्षिक गुणस्तर कायम भएको र वडा नं १२ मा भूमिहीन सुकुमबासीमध्ये १६५ जनाको जग्गाधनी प्रमाणपूर्जा वितरणको लागि तयारी गरिएको बताए । उनले ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’ भन्ने सोचका साथ पर्यटकीय क्षेत्रको थप विकास, विस्तार र प्रवद्र्धन गर्ने रणनीति अवलम्बन गरेको बताउँदै आथिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि एक अर्ब ४४ करोड ५३ लाख २० हजारको बजेट सार्वजनिक गरेको छ । बजेटमा पूर्वाधार, कृषि, शिक्षा, सामाजिक विकासलगायत क्षेत्रलाई प्राथमिकता दिएको छ ।

    नगर उपप्रमुख एवं कार्यक्रम तथा बजेट तर्जुमा समिति संयोजक यादवप्रसाद पाठकले पन्ध्रौँ नगरसभामा आगामी बजेट सार्वजनिक गरेका हुन् । रत्ननगर नगरपालिकाले चालु आवभन्दा दुई करोड ९६ लाख कम बजेट ल्याएको छ । चालु आवका लागि नगरले एक अर्ब ४६ करोड ४९ लाख २६ हजार संशोधित बजेट विनियोजन गरेको थियो । कुल विनियोजित रकममध्ये चालूतर्फ ९४ करोड ६७ लाख ३४ हजार रहेकोमा ५९ करोड ३० लाख ८० हजार खर्च भएको छ । जसमा सामाजिक सुरक्षा र शिक्षक कर्मचारीको तलब समावेश गरिएको छैन । यस्तै, पुँजीगत खर्चतर्फ ६६ करोड २१ लख ६५ हजार विनियोजन भएकोमा ४० करोड ४५ लाख ८७ हजार अर्थात् ८० प्रतिशत खर्च भएको छ ।

    रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि एक अर्ब ६० करोड ८९ लाख प्रस्तावित बजेट अनुमान गरेकोमा १४ करोड ३९ लाख ७४ हजार अर्थात् २६.४४ प्रतिशत बजेट कटौती भई राजस्व बाँडफाँटको रकम सिलिङबमोजिम प्राप्त नहुँदा संशोधित बजेट एक अर्ब ४६ करोड ४९ लाख २६ हजारमात्र विनियोजन भएको थियो । नगरपालिकाले आन्तरिक आयतर्फ पनि लक्ष्यअनुरुप रकम उठाउन नसक्दा विकास निर्माणलगायत वडा बजेटको सिलिङमा समेत प्रभावित भएको उपप्रमुख यादवले बताए ।

    २०८१/८२ का लागि आन्तरिक राजस्वबाट कुल आम्दानी १३ करोड २० लाख रुपैयाँ, आन्तरिक संचित कोष दुई करोड रुपैयाँ, राजस्व बाँडफाँटबाट २३ करोड ७८ लाख रुपैयाँ, संघीय सरकारबाट राजस्व बाँडफाँटबापत १२ करोड ७८ लाख रुपैयाँ, वित्तीय समानीकरण अनुदान १८ करोड ६६ लाख रुपैयाँ र सशर्त चालू तथा पुँजीगत अनुदान ३७ करोड ३३ लाख रुपैयाँ, विशेष अनुदान दुई करोड २० लाख रुपैयाँ र समपूरक अनुदानतर्फ तीन करोड २० लाख रुपैयाँ गरी संघीय सरकारबाट कुल ६१ करोड ५९ लाख रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।

    यस्तै, बागमती प्रदेश सरकारबाट राजस्व बाँडफाँटबापत ११ करोड रुपैयाँ, वित्तीय समानीकरण अनुदानबापत एक करोड ९५ लाख १९ हजार रुपैयाँ, सशर्त चालू तथा पुँजीगत अनुदानतर्फ ६ करोड ५६ लाख रुपैयाँ, समपूरक अनुदान ३ करोड र विशेषतर्फ ६५ लाख गरी १२ करोड १६ लाख प्राप्त हुने अनुमान गरिएको छ । यस्तै, सडक बोर्डतर्फ एक करोड र अन्य अनुदान तथा सामाजिक सुरक्षाबाट ३० करोड आम्दानी हुने अनुमान गरिएको उपप्रमुख यादवले जानकारी दिए ।

    यसैबीच, रत्ननगर नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ का लागि सेवा तथा कार्यहरुको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकारका लागि विनियोजन विधेयेक–२०८१ सर्वसम्मतबाट पारित भएको प्रमुख प्रशासकीय अधिकृत सुवदेव लम्सालले जानकारी दिए ।

    बुधबार, असार १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.