• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चट्टान आरोहणको केन्द्र बन्दै चुनपहरा


  •   सोमबार, असार ११, २०८१ मा प्रकाशित
  • डुम्रे तनहुँ/पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरा चट्टान आरोहणको केन्द्रका रुपमा विकास हुँदै गएको छ । यहाँ पर्वतीय पथ प्रदर्शक उत्पादन गर्ने उद्देश्यले विभिन्न सङ्घसंस्थाबाट तालिम लिइरहेका प्रशिक्षार्थीलाई चट्टान आरोहण गराउने गरिन्छ ।  प्रमाणित पर्वतीय पथप्रदर्शक उत्पादनका लागि यहाँ राष्ट्रियस्तरको ‘सर्टिफाइड कम्पोनेन्ट–२’ अन्तर्गतको तालिममा सहभागीलाई प्रशिक्षण दिइरहेको प्रशिक्षक लामबाबु शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार चरणबद्ध रुपमा दिइने तालिममध्ये चट्टान आरोहणको पथप्रदर्शक गाइड बन्न उक्त तालिम प्रमाणित गरिएको छ ।

    Advertisement

    शेर्पाले भन्नुभयो, “शरीरको सहनशीलतालाई विकास गर्न यहाँको हावापानी उपयुक्त रहेकाले प्रशिक्षण गराउन ल्याउने गरेका छौँ । यसपछि ‘आइस क्लाइम्बिङ’ गराएर मात्रै तालिम प्राप्त पथप्रर्दशक बनेको भनेर प्रमाणपत्र दिने गरिन्छ ।” पन्ध्र प्रशिक्षार्थीलाई चट्टान आरोहण तालिम दिइरहेको उहाँले जानकारी दिनुभयो ।  गाइडले मौसमको आभास गर्नुपर्ने भएकाले सिद्धगुफाको चट्टान उपयुक्त रहेको प्रशिक्षक शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “दक्ष गाइड उत्पादनका लागि उनीहरुले मौसमको अनुभव गर्नुपर्ने हुन्छ । कहिले चिसो त कहिले तातो मौसमको सामना गर्न सक्ने गरी तालिम प्रदान गर्दा यहाँको मौसमका साथै ठाउँ पनि उपयुक्त छ । यसले गर्दा प्रशिक्षणका लागि यहाँ ल्याउने गरेका छौँ ।”

    विदेशबाट नेपालका हिमाल आरोहणका लागि आउने गरेका पर्यठकका लागि सहज रुपमा सुरक्षित पथप्रर्दशन गर्न सक्ने गरी कम्पनीले गाइड उत्पादन गरिरहेको शेर्पाले बताउनुभयो । उहाँका अनुसार माउन्टेन गाइडका लागि चट्टान आरोहण प्रशिक्षणका साथै आइस क्लाइम्बिङ ९पहिलो चरण०को तालिम प्रदान गरिसकिएको छ । चट्टान, ग्लेसियर, पिक क्लाइम्बिङ गर्न दक्ष भएपछि मात्रै पूर्ण रुपमा २० दिनको प्रयोगात्मक परिक्षण सकिएपछि दक्ष गाइडको प्रमाणपत्र प्रदान गरिने जनाउँदै प्रमाणपत्र प्राप्त गरेकाले गाइडका रुपमा काम गर्न सक्ने शेर्पाको भनाइ छ । मौसम, जोखिम अनुसारको सुरक्षित गाइड गर्न सक्ने गरी पर्वतीय गाइड उत्पादन हुने गर्दछ । काभ्रेपलाञ्चोककी लक्ष्मी तामाङ ‘कम्पोनेन्ट–२’ अन्तरगत ‘एस्पेरेन्ट गाइड’को तालिम लिइरहेको बताउनुभयो । देशैभरमा दक्ष तथा अनुभवी महिला गाइड सङ्ख्यात्मक रुपमा कम रहेकाले आफूले उक्त तालिम लिएको उहाँको भनाइ छ ।

    तामाङले भन्नुभयो, “यहाँको चट्टान आरोहण गर्दा अझै सहज हुने अपेक्षा गरेको छु । तालिमका लागि यहाँको चट्टान आरोहण उपयुक्त र सजिलो छ । साहसिक काम गर्दा अन्य महिलालाई पनि प्रोत्साहन गर्न सकिने अपेक्षा छ ।”

    पृथ्वी राजमार्गसँगै जोडिएको यो ठाउँमा विदेशी तथा स्वादेशी साहसिक खेलाडी समयसमयमा चट्टान आरोहणका लागि आउने गरेका छन् । हालसम्म कम्पनीले करिब एक सय भन्दबढी दक्ष तथा अनुभवी गाइड उत्पादन गरिसकेको जनाएको छ । साहसिक खेलको प्रशिक्षणको केन्द्र बन्दै गएको विमलनगर चुनपहरा रक क्लाइम्बिङका संस्थापक अध्यक्ष लालकुमार श्रेष्ठले बताउनुभयो । साहसिक खेलका रुपमा रहेको रक क्लाइम्बिङको विकास गर्दै आयआर्जनसँग जोड्न लागिपरेको उहाँको भनाइ छ ।

    विसं २०६४ मा नेपालका अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक र स्थानीयवासी मिलेर सो क्षेत्रको सुरुआती अन्वेषण गरेपछि क्रमबद्ध रुपमा यहाँ सम्बन्धित सङ्घसंस्था तथा निकायले चट्टान आरोहणको गतिविधि बढ्उँदै गएका संस्थापक अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पथप्रदर्शक मात्रै नभएर हिमाल आरोहणका लागि पनि पहिलो खुड्किलाका रुपमा प्रशिक्षण लिन यहाँ आउने गर्दछन् ।

    “केही दिनको चट्टान आरोहणपश्चात् हिमाल आरोहणमा जाने गरेका छन् । यहाँ चट्टान आरोहणको गतिविधि बिस्तारै बाक्लो बन्दै गएको छ । यसले यहाँको साहसिक पर्यटनको प्रवर्द्धनमा समेत टेवा पुगेको छ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो । यसको प्रचारप्रसार गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गरी आयआर्जनसँग जोड्न तीनै तहका सरकारले पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।रासस

    सोमबार, असार ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.