कालिका/कालिका नगर नरपालिका वडा नं १, पदमपुरमा दुई बिघा क्षेत्रफलमा ‘मुनाल एन्ड मयूर’ होटल सञ्चालनमा आएको छ । तीन जना पर्यटनकर्मीको लाक्पा ढुण्डुप लामा, सुशिल चौधरी र राजेन्द्र महतोको करिब ५० करोड लगानीमा होटलको सञ्चालन गरिएको हो ।
हेलिप्याड, स्विमिङ पुलसहित, २६ ओटा भिल्लामा ६० जना बस्न सकिने उक्र होटलमा प्राकृतिक उपचार समेत गरिन्छ । होटलमा मसाज र स्पाको समेत सुविधा उपलब्ध रहेको छ ।
होटलमा रहेको रेस्टुराँमा नेपाली, चिनियाँ, कन्टिनेन्टलका साथै हिमाल र तराईका स्वादिलो परिकार पाइन्छ ।
होटलमा सेमिनार हल, पार्टी प्यालेस र मिटिङ कोठाहरू बनाइएका छन् । यहाँ आकाशमा उडेर ब्रेकफास्ट खाने सुबिधा पनि हुनेछ । उडाइएको बेलुनमा बसेर ब्रेकफास्ट खुवाइने तयारी भइरहेको सञ्चालकहरु बताउँछन । होटल पूर्ण रुपमा सञ्चालनमा आउँदा एक अर्ब रुपैयाँ खर्च हुनेछ । यहाँ २५ जनाले काम पाएका छन् । होटलबाट नारायणगढबाट ५ किलोमिटर र ९ किलोमिटरमा सौराहा पुग्न सकिन्छ ।





