भरतपुर/नेपाल दुर्लभ रक्त समुदायको सातौं अधिवेशनबाट लक्ष्मण ज्ञवालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा अरुण बहादुर रानाभाट, सचिवमा राजमणी नेपाल, सह–सचिवमा विजय अधिकारी, कोषाध्यक्षमा एलिजा लामिछाने, सह–कोषाध्यक्षमा बिन्दु सिंजाली, सदस्यहरुमा कृष्टि सापकोटा, रामचन्द्र हुमागाई, प्रमिला देवी पाण्डे, दिपेन्द्र पौडेल, मनु गौडेल, उदयराम चापागाईं, कृष्णशंकर अधिकारी चयन हुनुभएको छ ।
२०५८ सालमा चितवनमा स्थापना गरिएको नेपाल दुर्लभ रक्त समुदायले १३ औं वार्षिक साधारणसभाको अवसरमा नेपाल दुर्लभ रक्त समुदायले २० औं रक्तदाता दिवस २०२४ को अवसर पारेर २०८० सालभित्र चितवन भित्रका नेगेटिभ रगत समूहहरुबाट रक्तदान गरेका रक्तदाताहरुलाई सम्मान समेत गरेको थियो ।
वार्षिक साधारणसभामा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीे प्रमुख अतिथि रहनुभएको थियो ।




