चितवन/कुमाल समुदायको ठूलो नाच एवं बाध्यवादन सम्बन्धि ५ दिने तालीम आज समापन भएको छ ।भरतपुर महानगरपालिकाको आयोजना र कुमाल साँस्कृतिक टोली, भरतपुरको संयुक्त आयोजनामा ५ दिवसीय तालीम संचालन गरिएको हो । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा २४ जना प्रशिक्षार्थीहरुले सहभागी जनाएका थिए ।
पछिल्लो समय कुमाल जातीको संस्कृती बिस्तारै लोपहुँदै गएपछि सो संस्कृती नयाँ पुस्ताहरुमा हस्तान्तरण गराउन नयाँ पुस्तालाई तालिम दिइएको समितिका अध्यक्ष कुलबहादुर कुमालले जानकारी दिनुभयो । ठूलो नाच विशेषगरी दशैको कालरात्री जगाउदा, पूजापाठ चल्दा, माघे संक्रान्ति आदि पर्वहरुमा नाचिने गरिन्छ । तालीममा नृत्य केकसरी प्रस्तुत गरिन्छ । नृत्यको महत्त्व भाबी पुस्तासम्म कसरी जगाउन सकिन्छ भन्ने बारेमा तालीम दिइएको अध्यक्ष कुलबहादुर कुमालले बताउनुभयो ।




