भरतपुर/चितवन उद्योग संघको आयोजनामा चितवनका प्रमुख जिल्ला अधिकारीसँग परिचयात्मक एवम् औद्योगिक प्रवद्र्धनको विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले स्वागत मन्तव्यसँगै संघका गतिविधिहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रमका प्रमुख व्यक्तित्व चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले चितवनको आर्थिक विकासको लागि औद्योगिक क्षेत्रहरु सुरक्षित हुन आवश्यक रहेको बताउनुभयो । उहाँले सम्पूर्ण प्रक्रियाहरु पूरा गरी सञ्चालित चितवनका उद्योगहरुलाई निर्वाद रुपमा सञ्चालन गर्नको लागि सुरक्षाको प्रत्याभूति हुने वातावरण सिर्जना गरी औद्योगिक क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताउनुभयो ।
Advertisement





