काठमाडौं । हामीले प्रयोग गर्ने अधिकांश लिङ्क लामा हुन्छन् । सामाजिक सञ्जाल प्रोफाइलदेखि विभिन्न वेबसाइटमा प्रकाशित हुने समाचार, ब्लग वा लेखको लिङ्क दिनहुँ जसो आदान प्रदान गरिरहेका हुन्छौं । कपी गरेर पठाउँदा यस्ता लामा लिङ्कले खासै समस्या त निम्त्याउँदैन ।
Advertisement
तर, अर्को व्यक्तिले लिङ्क नै आफ्नो ब्राउजरमा टाइप गर्नुपर्यो भने त्यसले निकै समय बर्बाद हुन्छ । र, केहीगरी बीचको कुनै क्यारेक्टर छुट्यो भने त्यति समय लगाएर टाइप गरेको लिङ्क यत्तिकै खेर जान्छ । उदाहरणका लागि टेकपानामा प्रकाशित कुनै समाचार फेसबुकमा फेला पारेर क्लिक गर्नुभयो भने त्यसको लिङ्क तलको जस्तो देखिन्छ ।




