भरतपुर/चितवन उद्योग संघको आयोजनामा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र उद्योग तथा वाणिज्य कार्यालयका प्रमुखसँग परिचयात्मक तथा औद्योगिक प्रबद्र्धनका विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले स्वागतसँगै चितवन उद्योग संघको परियोजनाहरुको बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले आर्थिक मन्दीको समयमा समेत उद्योग, व्यवसायलाई जीवन्त राख्न लागिरहनु भएका उद्योगीहरुका समस्याहरुलाई समाधानका लागि आफ्नो तर्फबाट सक्दो प्रयास रहने बताउनुभयो । भारतीले आ.व.०८१÷०८२ को बजेटको अन्तिम तयारी रहेको समयमा महानगर र संघबीच छलफल बढाई औद्योगिक प्रबद्र्धनात्मक कार्यमा अगाडि बढ्न समेत आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय चितवनका प्रमुख विनोद पौडेलले संघ र उद्योग तथा वाणिज्य कार्यालयको सम्बन्धलाई अझै प्रगाढ बनाउँदै औद्योगिक प्रर्बद्धन गर्ने कार्यमा आफूहरु सदैव तयार रहेको बताउनुभयो । पौडेलले उद्योग र उद्योगीहरुको समस्याको समाधानका लागि कार्यालयबाट प्रदान गरिने सेवामा सहज बनाउँदै उद्योग तथा वाणिज्य कार्यालयको कामलाई नमूनायोग्य बनाउन उद्योगीहरुको सल्लाह, सुझावको समेत अपेक्षा समेत गर्नुभयो ।
Advertisement




