• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • १०. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

चितवनमा पत्रपत्रिकाको इतिहास : लेटर प्रेसदेखि डिजिटलसम्म


  •   आइतबार, असार २८, २०७७ मा प्रकाशित
  • –बबिलाल तामाङ
    चितवनमा पत्रपत्रिका (साहित्यिक)को इतिहास २०२२ सालबाट भएको पाइन्छ । यस मानेमा आधा शताब्दी गएको इतिहास छ पत्रपत्रिका (साहित्यिक)को । चितवन माध्यमिक विद्यालयद्वारा २०२२ सालमा ‘चितवनको चिनो’ नामक साहित्यिक पत्रिका प्रकाशनमा आएको पाइन्छ । त्यसबेला चितवनमा पत्रपत्रिका अहिलेको जस्तो सहज किसिमले प्रकाशन गर्न सकिदैँनथ्यो । सिसाका अक्षरहरु जोडेर काम गरिन्थ्यो । लेटर प्रेसबाट छपाई हुने गर्दथ्यो । पत्रिका प्रकाशनको लागि समय निकै नै खर्चनु पथ्र्यो । सामान्य किसिमको (४०/५० पेज) साहित्यिक पत्रिका प्रकाशन गर्नु परेमा झण्डै महिनौँ दिन खर्चनु पर्ने अवस्था थियो । निकै चुनौतीपूर्ण, कठिन परिस्थितिको सामना गर्दै काम गर्नु पर्ने हुन्थ्यो ।

    Advertisement

    समयको माग र विकासक्रमसँगै २०५२ सालतिर चितवनमा कम्प्युटर फाट्टफुट्ट रुपमा भित्रदैँ गयो । कम्प्युटरबाट कार्य गर्न छिटो, सजिलो र स्तरीय हुने भएकोले यसतर्फ सबैको ध्यानाकर्षण हुँदै गयो । कम्प्युटरको आगमनसँगै (सिसाका अक्षरहरु जोड्ने कार्य साथै लेटरप्रेस) एकयुगको अन्त्य भएको छ । बिस्तारै–बिस्तारै मानिसहरुले छिटो, छरितो र स्तरीय कार्य खोज्नेक्रम बढ्न थालेपछि बाध्यात्मक अवस्था भयो कम्प्युटरको । लेटर प्रेसबाट सामान्य साहित्यिक पत्रिका (४०/५० पेज) प्रकाशन गर्न झण्डै एक महिना लाग्ने तर कम्प्युटराइज्ड हुन थालेपछि एक हप्तामै तयार हुने भएको छ ।

    चितवनमा पचासको दशकबाट साहित्यिक पत्रपत्रिकाहरु प्रकाशन भएको मानिन्छ । त्यसअघि पनि फुटकररुपमा केही साहित्यिक पत्रपत्रिका प्रकाशनका आएका थिए । २०५३/०५४ सालबाट साहित्यिक पत्रिकाहरु कम्प्युटराइज्ड हुन थालेको हो । त्यसअघि पत्रिका सबै लेटर प्रेसबाटै छापिन्थे । चितवनबाट प्रकाशित हुने रमेश प्रभातको ‘अभिव्यञ्जना’, ‘सुशेली हवाइ मासिक’, र ‘सौदामिनी त्रैमासिक’, अजित प्रवासीको ‘नवपल्लव’, पुष्प अधिकारी अञ्जलिको ‘हाम्रो मझेरी’, सुरुवाती चरणका प्रतिनिधि साहित्यिक पत्रिका हुन् । त्यसपछि थुप्रै साहित्यिक पत्रपत्रिकाहरु प्रकाशनमा आएका छन् ।

    तीमध्ये लेखराम सापकोटाको ‘सहयात्री’ र ‘अनामिका’, सुजन अधिकारीको ‘आदर्श’ र ‘इन्दु’, सुजन अनिमेष अधिकारीको ‘सिरेटो’, प्रकाशसागर दाहालको ‘नवसर्जक’ सहित ‘हाम्रो नयन’, ‘निकुञ्ज’, ‘मधुलिका’, ‘गन्तव्य’, ‘सरोजनी’, ‘आदानप्रदान’, ‘इन्द्रेणी’, ‘हिमायती’, ‘चरैवति’लगायतका साहित्यिक पत्रिकाहरु त्यसबेलाका चलेका पत्रिका हुन् । यी साहित्यिक पत्रिका सबै कम्प्युटराइज्डबाटै प्रकाशनमा आएका हुन् । यी त भए साहित्यिक पत्रपत्रिका बारेमा केही जानकारी । अब म चितवनबाट प्रकाशन हुने दैनिक र साप्ताहिक पत्रपत्रिका बारेमा जानकारी गराउन चाहन्छु ।

    २०५४ सालबाट चितवनमा साप्ताहिक पत्रिकाहरु प्रकाशनमा आएका छन् । यसअघि साप्ताहिक पत्रिका राजधानी र अन्य अरु जिल्लाहरुमा निस्कने गरेको पाइन्छ । तर, चितवनमा २०५४ सालबाट मात्र प्रकाशनमा आएको इतिहास छ । त्यसबेला साप्ताहिकको रुपमा ‘चितवन पोष्ट’, ‘पारदर्शी’ र ‘चितवन साप्ताहिक’ प्रकाशनमा आएको हो । पत्रिका प्रकाशन त्यो बेला फलामको चिउरा चपाएजस्तै थियो । अर्थात् विज्ञापन अभाव, बजार सानो, मानिसमा पत्रिका पढ्ने बानीको विकास नहुनुलगायत कारणहरुले निकै नै चुनौतीपूर्ण थियो । अहिलेको परिप्रेक्ष्यमा कुरा गर्ने हो भने धेरै नै विकास भइसकेको छ । समयको मागसँगै ती साप्ताहिक पत्रिकाहरु अहिले दैनिकको रुपमा निस्कँदै आइरहेको छ । हाल चितवनमा पाँच वटा दैनिक पत्रिकाहरु प्रकाशन हुने गरेको छ । अहिले दैनिकको रुपमा प्रकाशन भइरहेको चितवन पोष्ट, पारदर्शी, कायाकैरन, ड्रिम्स दैनिक र लोकतन्त्र सन्देश छन् ।

    समयक्रमसँगै पत्रिकाको स्तरोन्नति पनि भएको छ । श्यामश्वेतदेखि लिएर अहिले आएर पत्रिका रंगीन भइसकेको अवस्था छ । डेढ दशकपछि एकाध पत्रिका कलर हुन सफल भएका छन् । चितवनबाट प्रकाशन हुने दैनिक पत्रिका ‘चितवन पोष्ट’, ‘कायाकैरन’ कलर भएका छन् भने साप्ताहिकमा ‘उज्यालो चितवन’, ‘स्वर्ण खबर’ रंगीन भएका छन् । ऊ बेलाजस्तो पत्रिका प्रकाशनको लागि फलामको चिउरा चपाएजस्तो अहिले त्यो अवस्था छैन । अहिले बजार विस्तार, विज्ञापनको सहजता, आमजनताले प्रचारप्रसारको लागि मिडियाको भूमिकाको महत्वबारे बुझेकाले प्रकाशनका लागि धेरै सहजता मिलेको छ ।
    पछिल्लो समय आएर पत्रपत्रिकाको माध्यममा परिवर्तन भएको पाइन्छ । मानिसको आवश्यकता, प्रविधि विकाससँगै पत्रपत्रिकाको मोडालिटी परिवर्तन हुँदै गएको महसुस हुँदैछ । इन्टरनेटको विकासले छापा पत्रिकालाई यसले मोड्दै लगेको छ । इन्टरनेटले मानिसलाई विश्वको कुनै पनि कुनामा भएको घटनालाई भर्खरका भर्खरै थाहा पाउने बनाइदिएको छ । यसले धेरै सहजता भएको छ । त्यसै अनुरुप हाल विश्वमै अनलाइनको विकास तिब्र गतिमा भइरहेको छ । संचार मिडिया हाउसहरुले पनि बढ्दो विकासक्रम अनुरुप आफ्नो व्यवसायलाई डिजिटल प्रविधितर्फ परिवर्तन गर्दै लगेको पाइन्छ ।

    हाल आएर प्रत्येक मिडिया हाउसले आफ्नै अनलाइन संचालन गरेको पाइन्छ । यो तिब्रगति विकासको प्रतिफल तथा इन्टरनेटको प्रभाव हो । अहिले हामी संसारमा जुनसुकै घटना भए पनि तुरुन्तै थाहा पाउने भएका छौं । इन्टरनेटको विकासक्रमले मानिसमा सुविधा थप भएको छ । मिडिया हाउस पत्रपत्रिका डिजिटलीकरण तर्फ आकर्षित हुँदै गएको छ । यसले भावी दिनमा छापा माध्यमका धेरै पत्रपत्रिका बिस्तारै लोप हुने अवस्थामा रहेका छन् । छापा माध्यमबाट प्रकासन हुने पत्रपत्रिका बिस्तारै डिजिटलीकरण तर्फ आकर्षिक हुँदै गर्दा भविष्यमा गएर पक्कै पनि विस्थापित हुने निश्चित प्रायः छ ।
    चितवनबाट मात्रै हल्कारो समाचार, इच्छाकामना न्यूज, न्यूजप्रवाह डटकम, कालिका दैनिक, नारायणी अनलाइन, चितवन समाचार, भरतपुर पोष्ट, इचितवन पोष्ट लगायत झण्डै दुई दर्जनको हाराहारीमा अनलाइन पेपर संचालनमा रहेका छन् । समयको विकासक्रमसँगै नेपालमा हाल आएर डिजिटल प्रविधि अनलाइनमा नै सबै मिडिया हाउसहरुको आकर्षण बढ्दै गएको छ । मिडिया हाउसहरुको अब विकल्प भनेकै डिजिटल माध्यम हो ।

    आइतबार, असार २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.