भरतपुर/नेपाल विद्यार्थी संघ भरतपुर महानगरपालिका नगर कमिटी चितवनको एक भेलाले रिजन कौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । भरतपुर महानगर वडा नंं ११ स्थायी बसोबास भएका रिजन कौडेल विगत लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय रुपमा लाग्नुभएको थियो । बालकुमारी कलेज नारायणगढमा अध्ययनरत कौडेल एक निडर, जुझारु, साहसिलो एवं सबैको प्रिय पनि मानिन्छन् ।
Advertisement
विगत केहि समय अगाडि ने.वि.संघ चितवनमा विवाद देखिएपनि आगामी दिन ने.वि. संघ चितवनलाई एक ढिक्का बनाई अगाडि बढाउँदै लैजाने जिम्मेवारी अब कौडेलको हातमा भएको ने.वि.संघ चितवनका सभापति दिपक दवाडीले जानकारी दिनुभयो ।




