रत्ननगर/ सेभ सुपरमार्केटको दोस्रो बार्षिकोत्सवको अबसर पारेर रत्ननगर नगरपालिका वडा नं १ बकुलहरमा रहेको सेभ सुपरमार्केटमा विहीबार कफी क्याफे सञ्चालनमा ल्याइएको हो । कार्यक्रमका प्रमुख अतिथि वडा नं १० का वडाध्यक्ष कलाधर पौडेलले कफी क्याफेको उद्घाटन गरेका हुन । वडाध्यक्ष पौडेलले सेभ सुपरमार्केट रत्ननगरको गहनाको रुपमा विकास भइरहेको बताए ।
रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरीले बजारीकरणको रुपमा विकास भइरहेको टाँडी बजारलाई उचाईमा लैजान सेभ सुपर मार्केटले महत्वपूर्ण भूमिका निर्बाह गरेको बताए । कार्यक्रममा सेभ सुपरमार्केटका अध्यक्ष नारायण भट्टराईले सौराहाको पर्यटनलाई केन्द्रीत गरी व्यवसायीकै लगानीमा सञ्चालन गरिएको सुपरमार्केट आर्थिक मन्दीको चपेटामा परेको बताए ।
रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले सेभ सुपरमार्केट पूर्वी चितवनको एक मात्र गुणस्तरीय सामग्री पाइने बजार भएकाले सबैले साथ दिन आवश्यक रहेको बताए । कार्यक्रममा सेभ सुपरमार्केटका सञ्चालक ज्ञानेन्द्र कुमार विष्टले सुपरमार्केट सञ्चालनमा ल्याउनुको उद्देश्य बारे प्रकास पारेका थिए ।




