• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

१३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस

  •   बुधबार, बैशाख १९, २०८१ मा प्रकाशित
  • आज १ मे, मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ। श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाइन्छ।

    Advertisement

    यस वर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराकासाथ विश्व मजदुर दिवस मनाइँदैछ। श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो।

    मजदुर आन्दोलन चर्कदै गर्दा सन् १८८६ मा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो। सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत् मजदुरमाथि व्यापक दमन गर्‍यो। प्रहरीको गोली लागि सात मजदुरको मृत्यु भयो। मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ।

    सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालियो।

    विश्वका मजदुरले सो दिवसलाई विशेष पर्वका रुपमा लिँदै गुणस्तरीय जीवन बिताउन आफ्ना सुविधाको समयानुकूल बढोत्तरी तथा आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन्।

    नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक एवं श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई प्रत्याभूत गरेको छ।

    नेपालमा समेत मजदुर संगठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने तयारी गरेका छन्। नेपालमा विराटनगरमा वि.सं २००७ मा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो। २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो।

    बुधबार, बैशाख १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.