• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

वित्तिय अनुशासन कायम हुन नसक्दा आर्थिक संकट : सिईओ पाण्डे


  •   सोमबार, बैशाख १७, २०८१ मा प्रकाशित
  • रत्ननगर/नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेले वित्तिय अनुशासन कायम हुन नसक्दा देशमा आर्थिक संकट देखा परेको बताएका छन। रत्ननगर उद्योग बाणिज्य संघले आईतवार आफ्नै स्वागतको लागि राखेको कार्यक्रममा बोल्दै उनले कोरोनापछि वित्तीय अनुशासनमा बस्न नसक्दा आर्थिक संकट पैदा भएको बताएका हुन। कार्यक्रममा बोल्दै उनले अनुत्पादक क्षेत्रमा लगानी हुँदा समेत मुलुकमा आर्थिक संकट पैदा भएको बताएका छन् ।

    Advertisement

    कोरोनापछि सरकारले वित्तीय औजार प्रयोग गर्न नसकेको भन्दै उनले त्यसको प्रत्यक्ष मार मुलुकको आर्थिक क्षेत्रले भोग्नु परेको बताए। एकातिर राजनीतिक अस्थिर र अर्को तर्फ कोरोना महामारीको असरले आर्थिक सन्तुलन कायम हुन नसकेको उनले बताए । कोरोनाले थलिएका विश्वका अन्य देशहरुले वित्तीय औजारको रुपमा व्यक्तिको खाता खातामा पैसा हालेको भन्दै उनले नेपाल सरकारले भने कुनै पनि प्रकारको वित्तीय औजार प्रयोग गर्न नसकेको उनको भनाई छ ।

    कोरोनापछि बैंकबाट ऋण लिएर उत्पादनशिल क्षेत्रमा लगानी हुँन नसक्दा अर्थतन्त्रमा समस्या देखिएको प्रमुख कार्यकारी अधिकृत पाण्डेले बताए । बैंकबाट ऋण लिएर घरजग्गा र शेयर बजारमा लगानी गरियो उनले भने पैसा जग्गा र शेयरमा गएर जाम भयो, त्यसको असरले मुलुक थलिएको छ ।

    बजारमा हल्ला गरेजस्तो आर्थिक संकट नरहेको भन्दै उनले मौद्रिक नीतिमा सुधार गरे संकट अन्त्य हुने दावी गरे । उनले नेपाल बैंकले आर्थिक कारोबारको अलवा समाजप्रति उत्तिकै उतरदायी रहेको बताए । बैंकलाई समाजसंग नजोडी सफलता प्राप्त गर्न नसकिने भन्दै समाजको आवश्यकता पहिचान गरी सामाजिक उत्तरदायित्वका गतिविधि गर्र्दै आएको पाण्डेले बताए । बैंक र ग्राहकको सम्बन्धलाई ऋणिको रुपमा नहेरी सहयात्रीको रुपमा लिन उनले आग्रह गरे । कार्यक्रममा संघका अध्यक्ष शंकर गिरीले पाण्डेलाई स्वागत गरेका थिए ।

    सो अबसरमा गिरीले संकटको अबस्थामा व्यवसायीलाई पलायन हुन नदिन बैंकहरुले व्याज, किस्ता र अन्य जटिलतामा लचकता हुनुपर्ने बताए । व्यवसायीहरु ऋण तिर्न प्रतिबद्ध रहेको भन्दै अध्यक्ष गिरीले शंकटको अबस्था विर्सिएर बैंक तथा वित्तीय संस्थाले ऋणिलाई धरपकट गर्न नहुने बताए । उनले व्याजदर समायोजन र सहज कर्जाको व्यवस्था मिलाउन आग्रह समेत गरेका थिए ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उवा संघ रत्ननगरका निवर्तमान अध्यक्ष अनिलकृष्ण श्रेष्ठ, संघका संस्थापक अध्यक्ष हरिशरण पाठक, संघका उपाध्यक्ष हरिप्रसाद अधिकारी, केरा उत्पादक महासंघका संयोजक विष्णुहरि पन्त लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले सञ्चालन गरेका थिए । कार्यक्रममा नेपाल बैंक टाँडी शाखाका प्रमुख सरोज खनाल,संघका पूर्वअध्यक्षहरु, पदाधिकारी तथा कार्यसमिति सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

    सोमबार, बैशाख १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.