चितवन २३,असार
Advertisement
विदेशीको ईशारामा सरकार परिवर्तन गर्ने षडयन्त्र भएको भन्दै चितवनको भरतपुरमा बुधवार बृहत प्रदर्शन गरिने भएको छ ।भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चौविसकोठीमा बुधवार दिउसो ३ वजे स्थिर सरकारको पक्षमा देशभक्त युवा, विद्यार्थी तथा नागरिक अगुवाहरुले प्रदर्शन गर्न लागेका हुन ।
जिल्लाका विभिन्न स्थानबाट राष्ट्रिय झण्डा, प्लेकार्ड र ब्यानर सहित नागरिकहरु कार्यक्रममा सहभागी हुने जिल्ला युवा समिति चितवनका अध्यक्ष अस्मिन घिमिरेले बताए ।कार्यक्रमका अगुवा घिमिरेले कोरोनासँग लडिरहेको बर्तमान सरकार ढाल्न देशी विदेशी शक्तिकेन्द्रहरु लागेको बताँउदै उनिहरुलाई खवरदारी गर्न कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । चितवन सहित देशका विभिन्न जिल्लाहरुमा बर्तमान सरकारको निरन्तरताको माग गर्दै दवावमुलक कार्यक्रमको आयोजना गरिएको छ ।




