• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

“दिगो औद्योगिक विकासका लागि अवसर र चुनौती” विषयक सेमिनार सम्पन्न

"चौथो दिनको लक्की ड्र मार्फत कुपन नं. २१२३ प्रथम, कुपन नं. १७५८ दोश्रो र कुपन नं. १७८७ तेश्रो "

  •   सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित
  • भरतपुर/औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१ अन्तर्गत चौथो दिन “दिगो औद्योगिक विकासका लागि अवसर र चुनौती” विषयक सेमिनार सम्पन्न भएको छ । चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले विगतका केही वर्षदेखि उद्योग, व्यवसायको क्षेत्रमा शिथिलता छ । कुल ग्राह्स्थ उत्पादनमा १६ प्रतिशत सम्म योगदान गरेको उद्योग क्षेत्रबाट कुल ग्राह्स्थ उत्पादनमा विगतका केही वर्षदेखि ५ प्रतिशतको हाराहारिमा मात्र योगदान हुनुले स्वदेशमै गरी खान्छु भनी लागेका उद्योगीहरु समेत बिस्थापित हुने अवस्थामा रहेको बताउनुभयो ।
    कोभिडले थलिएको अर्थतन्त्र तङग्रन नपाउँदै विश्वमा फैलिएको आर्थिक मन्दीको लहरको प्रभाव नेपालमा पनि परेसँगै करीब ३०% उद्योगहरु बन्द भै सकेका छन् भने सञ्चालनमा रहेका उद्योगहरु पनि ४० प्रतिशत देखि ५० प्रतिशतको क्षमतामा मात्र सञ्चालित रहेको र उपभोग गर्ने मुख्य उमेर समूहका ३० प्रतिशतको हाराहारीमा जनसंख्या रोजगारीको नाममा विदेशिएको समेत बताउनुभयो ।
    न्यौपानेले अनुदानका नाममा कागजमा उद्योग व्यवसाय देखाएर अनुदान लिने प्रवृतिलाई निरुत्साहित गर्न उत्पादन परिमाणका आधारमा जारी बिक्री बिललाई आधार बनाउनु पर्ने, धितो कर्जाको लागि अचल सम्पत्ती जोड्नु पर्ने बाध्यताले चालु पूँजी जग्गा खरिदमा खर्चेका कारण उद्योग, व्यवसायमा चालु पूँजीको अभाव भईरहेकाले परियोजना कर्जालाई उच्च प्राथमिकता साथ लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
    त्यस्तै कृषि क्षेत्रका उद्योगीहरुले सहुलियतपूर्ण कर्जाको सुविधा प्रयोग गरेको भएता पनि विगत डेढ वर्षदेखि बैंकहरुले ब्याजको रकम फिर्ता नगरेको, सहज परिस्थिति हुँदा लिएको कर्जाको ब्याजको भार अहिलेको विषम परिस्थितिमा सामना गर्नु परिरहेको हुँदा उद्योगी, व्यवसायीहरुलाई कर्जा लिने प्रयोजनमा विमा अनिवार्य गरिएको भएता पनि क्षतिपूर्ति दावीका लागि झन्झटिलो प्रक्रिया र क्षति नपाउने अवस्थाले उद्योगीहरु प्रताडित रहेको बताउनुभयो ।
    त्यसैगरी न्यौपानले प्रदेश सरकारको ईआईएको नाममा उद्योगीहरुले वर्षौदिन समस्या भोगीरहनु परेको, छिटो छरितो रुपमा उक्त कार्य सम्पन्न गराउने व्यवस्थाको लागि प्रदेश सरकार गम्भिर हुन र देशभरका स्थानीय पालिकाहरुमा उद्योगग्राम बनाउने सरकारको विगतको नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था गरिएको भएता पनि कुनैपनि पालिकामा उद्योगग्रामको सञ्चालन हुन नसकेको विषयमा आफ्ना धारणाहरु राख्नुभएको थियो ।
    आर्थिक पत्रकार एवम् कान्तिपुर दैनिकका बरिष्ठ उप सम्पादक यज्ञ बन्जाडे मोडेरेटरको रुपमा रहनुभएको सेमिनारको मुख्य वक्ताको रुपमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष, प्रा.डा.गोविन्दराज पोखरेलले “वर्तमान आर्थिक परिदृश्य र सुस्ताएको अर्थतन्त्रलाई चलायमान गर्न सरकारी तथा निजी क्षेत्रबाट खेल्नुपर्ने भूमिका” को विषयमा भर्चुअल माध्यमबाट आफ्नो भनाई राख्नुभएको थियो ।
    सेमिनारको प्यानलिष्टको रुपमा रहनुभएका बागमती प्रदेश, नीति तथा योजना आयोग, उपाध्यक्ष डा.नरविक्रम थापाले “बागमती प्रदेश सरकारको औद्योगिक नीति तथा वर्तमान समयमा सुस्ताएको आर्थिक गतिविधि चलायमान गर्न प्रदेश सरकार तथा निजी क्षेत्रबाट खेल्नुपर्ने भूमिका”, नेपाल राष्ट्र बैंकका बैंक तथा बित्तीय संस्था नियमन विभागका प्रमुख गुरुप्रसाद पौडेलले “वर्तमान आर्थिक परिदृश्य र सुस्ताएको अर्थतन्त्रलाई चलायमान गर्न नेपाल राष्ट्र बैंकले खेलिरहेको भूमिका र आगामि कार्ययोजना”, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले भर्चुअल माध्यमबाट “वर्तमान आर्थिक परिदृश्य र सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन नीजि क्षेत्रले गरेको प्रयास र तीनै तहका सरकारसँगको अपेक्षा” नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव एवम् पूर्वाधार तथा वातावरण महासंघका प्रमुख चन्द्रकला पौडेल, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले “स्थानीय सरकारको औद्योगिक नीति, स्थानीय स्तरमा औद्योगिक विकासको लागि स्थानीय सरकारले खेलिरहेको भूमिका र प्रदेश तथा संघीय सरकारसँग अपेक्षित कानून” सम्बन्धित शीर्षकमा रहेर आफ्ना धारणाहरु राख्नुभएको थियो ।
    सेमिनारमा उपस्थिति सहभागीहरुले आफूहरुलाई लागेका जिज्ञासाहरु राखेका थिए । प्राप्त जिज्ञासाको आधारमा सम्बन्धित क्षेत्रका व्यक्तिहरुबाट सम्बोधन गरिएको थियो ।
    चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको सेमिनारको चितवन उद्योग संघका उपाध्यक्ष एवम् औद्योगिक नीति निर्माण समन्वय तथा अनुसन्धान विभागका विभागीय प्रमुख गोपाल प्रसाद गैरेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।
    प्रदर्शनी अन्तर्गत अनलाइटबाट रजिष्ट्रेशन गरी प्रदर्शनी अवलोकन गर्ने अवलोकनकर्ताहरु मध्येबाट दैनिक तीन जनालाई गोलाप्रथाको माध्यमबाट आकर्षण गिफ्टह्याम्पर प्रदान गर्ने योजना अन्तर्गत आज चौथो दिन कुपन नं. २१२३ का नारायण न्यौपाने प्रथम, कुपन नं. १७५८ का नवराज महतो दोश्रो र कुपन नं. १७८७ का राजकुमार घले तेश्रो हुन सफल भएका छन् । प्रथम पुरस्कार प्राप्त गर्ने एक जोडीको लागि क्षेत्रीय होटल संघ, सौरहाले सौराहाको होटलमा बसाई र बिहानको नास्ता, चितवन उद्योग संघको पदाधिकारीबाट जिप सफारी, दोश्रो पुरस्कारको रुपमा चितवन उद्योग संघको संयोजनमा प्रदर्शनी हल एमा रहेका प्रदर्शकहरुका उत्पादनहरु र तेश्रो पुरस्कारको रुपमा आयोजक संस्था कम्प्युटर एशोसिएशसन महासंघ चितवन शाखाको तर्फबाट आकर्षक गिफ्टहेयाम्पर प्रदान गरिएको छ । प्रदर्शनी अन्तर्गत भएको फ्रि सर्भिस क्याम्पमा २५ जना भन्दा बढीले निःशुल्क सेवा प्राप्त गरेका थिए ।

    Advertisement

    सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.