भरतपुर/चितवन उद्योग संघ र कम्प्युटर एशोसिएशन नेपाल महासंघ चितवन शाखाको संयुक्त आयोजनामा मिति २०८० बैशाख ०७ गतेदेखि आयोजना भईरहेको औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१ को दोश्रो दिन आज “नेपालमा स्टार्टअप इको सिष्टम र टेक्नोलोजिकल इनोभेसन” विषयक सेमिनार सम्पन्न भएको छ ।
सेमिनारको माध्यमबाट उद्यमशिलतामा रहेको नवप्रबर्तनलाई प्रोत्साहन गर्ने र उद्यमशिलतामा युवा वर्गलाई आर्कषित गर्ने, स्टार्टअप सम्बन्धि विद्यमान नीति नियम, स्टार्टअपका लागि राज्यले चालेका अभियान र कार्यक्रमका बारेमा साक्षात्कार गराउँदै नविनतम् सोच र दृढ इच्छा शक्तिका साथ उद्यमी बन्न चाहनेहरुलाई प्रोत्साहन गर्नु रहेको थियो ।
चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले स्वागतसँगै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । चितवन उद्योग संघका कार्यसमिति सदस्य एवम् प्रदर्शनी तथा व्यवसाय प्रबद्र्धन विभागका प्रदर्शनी उपसमितिका संयोजक सुरेन्द्र कार्कीले मोडरेटर गर्नुभएको सेमिनारको प्यानलिष्टहरुमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश कुमार गुप्ता, चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरे, बोष्टर्न इन्टरनेशनल कलेजका कार्यक्रम कोर्डिनेटर नविन कुमार श्रेष्ठ, कम्प्युटर एशोसिएशन नेपाल महासंघका सदस्य, साइबर सेक्युरिटी बिज्ञ एवम् स्पानका प्रमुख कार्यकारी अधिकृत सुवास खड्का, शहीद स्मृति बहुमुखी क्याम्पसका प्रवक्ता सागर तिवारी, नेपाली उद्यमी फोरमका स्टार्टअप चियर दिलिप पौडेल रहनुभएको थियो ।
सेमिनारलाई चितवन उद्योग संघको औद्योगिक नीति निर्माण समन्वय तथा अनुसन्धान विभागले संयोजन गरेको थियो ।योजक गोपाल प्रसाद गैरेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।
Advertisement




