• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘पानी सम्बन्धि चर्चा तथा नदी किनार सरसफाई’ कार्यक्रम सम्पन्न


  •   बुधबार, बैशाख ०५, २०८१ मा प्रकाशित
  • गैँडाकोट /विश्व पानी दिवसका अवसरमा गैँडाकोटतर्फ नारायणी नदी किनारमा उभिएर कविवर, प्रज्ञा प्रतिष्ठान गैँडाकोटका उपकुलपति गोविन्दराज विनोदीले कविताको श्लोकमार्फत जिन्दगीसँग जोडिएको पानीको महत्त्वबारे प्रकाश पार्नुभयो । पानी नभए जिन्दगानी पनि नरहने तर्क गर्दै उहाँले यसको सरंक्षण अपरिहार्य रहेको ठह¥याउनुभयो ।  गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले नदी किनार सरसफाई गरी पानी शुद्ध राख्नु सबैको कर्तव्य भएको स्मरण गराउनुभयो । स्वास्थ्यका लागि पानी आवश्यक पर्ने भएकोले नदीलाई स्वच्छ हराभरा राख्नुपर्ने र त्यो सबैको कतव्र्यबोध भएको उल्लेख गर्नुभयो । गैँडाकोटतर्फ नारायणी नदी किनारमा उभिएर उहाँले भन्नुभयो, “राजनीतिक पहुँच नहुँदा चितवनतर्फ जस्तो व्यवस्थित गर्न भने सकिएन ।”

    Advertisement

    जलाधार संरक्षणमा अगुवाइ गर्दै आएको सहमति संस्थाका अध्यक्ष होमनाथ सुवेदीले सहमतिले २०८० साललाई नदी संरक्षण वर्षका रुपमा मनाइरहेको स्मरण गराउनुभयो । नदी संरक्षणका लागि निर्माण गरिएको अक्षयकोषको ब्याजबाट निरन्तर नदी किनारमा सरसफाइ गर्दै आएको उल्लेख गर्नुभयो । डब्लु डब्लु एफको सहयोगमा पानी संरक्षणका लागि सामुदायिक वन र खानेपानी संस्थासँग सहकार्य गर्दै २० भन्दा बढी पानी रिचार्ज पोखरी निर्माण गरिएको बताउनुभयो । आउँदो वर्ष थप ८ स्थानमा यस्ता पोखरी बनाइने उहाँको भनाइ थियो । पानी तानेर वितरण मात्र होइन पानी जमिनमुनि जाने वातावरण बनाउन सम्पूर्णमा उहाँको आग्रह थियो । उहाँले अन्य ५ स्थानमा मूहान संरक्षण, नदी च्याम्पियन तयार, नारायणी नदी सम्मेलन लगायतका क्रियाकलाप गरिएको जनाउनुभयो । नदी जन्य पदार्थ उत्खनन, नदी किनारमा फालिने फोहर, नदी क्षेत्रमा मानवीय आक्रमण चुनौतीका रुपमा रहेको बताउँदै सहमतिका अध्यक्ष सुवेदीले तीनै तहका सरकारले जलाधार संरक्षणका लागि नीति सोही अनुरुपको बनाइ अवलम्बन गर्नुपर्ने बताउनुभयो । 

    गैँडाकोट पम्पिङ्ग स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव केशवराज शर्माले पानीकै कारण कतिपय स्थानमा द्वन्द्वसमेत हुने गरेको प्रसंग कोट्याउदै बाच्न र शान्तिका लागि पनि पानी आवश्यक रहेकोमा जोड दिनुभयो । वातावरणीय प्रभावका कारण नदी सुक्दै गएको र वन जङ्गलमा पानीका मूलहरु सुकिरहेको उहाँले बताउनुभयो । जमिनमुनिबाट पम्पिङ्ग गरेर पानी वितरण गर्नुपरेको अवस्था उजागर गर्दै शर्माले पहिले ८० फिटमा आउने पानी अहिले १५० फिट खन्दा पनि नआउने गरेको तितो यथार्थ सुनाउनुभयो । सरोकारवालाहरु बेलैमा सचेत नभए आउँदो पुस्ता र सन्ततीले मरुभूमिको सामना गर्नुपर्ने चिन्ता व्यक्त गर्नुभयो । पानी संरक्षणका लागि पनि वन जङ्गल संरक्षणमा उहाँको जोड थियो । नारायणी टोल विकास संस्था गैँडाकोट २ का अध्यक्ष प्रदिप तामाङले स्वच्छ पानीका लागि नारायणी नदी किनारमा सरसफाईका लागि शौचालय निर्माण, स्नानघाट र फोहोर व्यवस्थापनमा ध्यानकर्षण गराउनुभयो ।

    शुक्रबार सहमति संस्थाको अगुवाइमा डब्लु डब्लु एफ, गैँडाकोट खानेपानी व्यवस्थापन बोर्ड, नमुना शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, गैँडाकोट पम्पिङ्ग स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संयुक्त, आयोजनामा गैँडाकोटमा ‘पानी सम्बन्धि चर्चा तथा नदी किनार सरसफाई’ कार्यक्रम गरिएको हो । सरसफाई कार्यक्रममा जनप्रतिनिधि, खानेपानी संस्था, वन समूह, टोल विकास संस्था, प्रहरी, संरक्षणकर्मी एवं अभियान्ताहरु एवं स्थानीयले साथ दिएका थिए ।  कार्यक्रमको सहजिकरण सहमतिका महासचिव बेलप्रसाद पौडेलले गर्नुभएको थियो । विश्वमा देखा परेको स्वच्छ खानेपानीको संकट र यसको समाधानमा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत, सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट्रसंघले सन् १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसका रुपमा मनाउन थालेको हो । यसवर्ष ‘शान्ति र समृद्धिका लागि पानी’ भन्ने नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विश्व पानी दिवस मनाइएको छ ।

    स्रोत: विजय एफ एम

    बुधबार, बैशाख ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.