• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

चितवनको चेपाङ गाउँमा खरको छानो विस्थापित


  •   सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
  • भरतपुरकुनै समय खरले छाएका राप्ती नगरपालिका–१३ लोलिङ गाउँका घरहरु यतिबेला जस्तापाताले विस्तापित भएका छन् । कूल २७ घरधुरी रहेको लोलिङ चेपाङ जातिको बसोबास रहेको गाउँ हो । जस्ताका छाना हालेसँगै खर काट्न भिरपाखामा जानुपर्ने बाध्यता पनि अन्त्य भएको स्थानीय सोमबहादुर चेपाङले बताउनुभयो । “जस्तापाता भएपछि यतिबेला हामीलाई सहज भएको छ, खर काट्न भीर पाखामा जानु नपर्ने भएको छ”, उहाँले भन्नुभयो, “आगलागीको जोखिम कम भएको छ ।”

    Advertisement

    विसं २०७२ को भूकम्पपछि यहाँका घरमा जस्तापाता लगाउन थालिएको हो । “कतिपय ठाउँमा भूकम्पको उठिबास नै लगाए पनि लोलिङमा छानो फेर्ने माध्यम बन्यो”, सोमबहादुरले भन्नुभयो, भूकम्पले आंशिक क्षति पुर्‍याएको गाउँमा केहीले सरकारी राहत पाएका थिए भने केहीले दातृ संस्थाहरुको साथ पाएका थिए । कतैबाट सहयोग नपाउनेले पनि आफैँले जस्ता ल्याए । कतिले ऋण काडेर भए पनि जस्ता हाले ।

    “आर्थिक अवस्था कमजोर भएकाले चाहेर पनि घर जस्तापाताले छाउन सकिएको थिएन”, स्थानीय मनमाया चेपाङले भन्नुभयो, “वर्षौंसम्म खरको छानामुनि बस्दै आएका थियौँ । अहिले खर विस्थापित गरेर जस्तापाताले घरमा बस्न पाउँदा खुसी छौँ ।”

    खरको छाना भएको घर गर्मीमा शीतल र जाडोमा न्यानो हुने भए पनि सर्प र आगलागीको खतरा हुने भन्दै उहाँले सजिलै खर पनि नपाउँदा समस्या झेल्दै आएको बताउनुभयो । घर जस्तापाताले छाउन पाएर उहाँसंगै अन्य गाउँलेहरु पनि खुसी छन् ।

    खरको छानो राख्दा बर्सेनि फेरिरहनुपर्ने, हिउँदमा आगलागीको जोखिम बढी हुनेजस्ता कारणले पनि मानिस जस्ताप्रति आकर्षित हुने गरेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार गाउँमा सबैको घर खरले छाउँदा चितवनतर्फको खरले नपुगेर धादिङतर्फको भिरमा गएर काट्नुपर्ने बाध्यता थियो । भिरपाखामा गएर खर काट्नु त्यत्तिकै जोखिम थियो । घरमा ल्याएर छाइसकेपछि पनि कहिले वर्षदिन नपुग्दै चुहिने, हिउँद लागेपछि आगो लाग्ने डर उत्तिकै थियो । तर, जस्ता लगाएपछि धेरै नै सुरक्षित भएको उहाँले बताउनुभयो ।

    चितवन र धादिङको सिमाना कान्द्राङगढीको काखमा रहेको यो गाउँलाई भण्डारा–मलेखु जोड्ने चेपाङमार्गले सहज बनाएको छ । उनीहरुलाई बजारका लागि आफ्नै नगरपालिकाको मुख्य बजार भण्डाराभन्दा धादिङको बेनिघाट रोराङ गाउँपालिकाको मलेखु पुग्न नजिक र सहज छ । लोलिङ गाउँको अवस्था पछिल्लो दशकमा केही सुधार भएको चेपाङ संरक्षणमा करिब डेढ दशक बिताउनुभएका केपी किरण शर्मा बताउनुहुन्छ ।

    “चेपाङ समुदायको अवस्था परिवर्तन हुँदै आएको छ”, उहाँले भन्नुभयो, “सबै चेपाङ गाउँ परिवर्तन भएको देख्न अझै केही दशक कुर्नैपर्छ, किनकी परिवर्तन भन्ने कुरा तत्काल भइहाल्ने कुरा होइन ।”

    राप्ती नगरपालिका–१३ का वडाध्यक्ष अशोककुमार प्रजाले वडाका धेरै ठाउँमा खरका छाना विस्थापित भएको भन्दै बाँकी रहेका घरलाई पनि आगामी योजनामा समावेश गरेर काम गरिने बताउनुभयो । उहाँले स्थानीयस्तरको बजेटले सबै काम सम्पन्न गर्न नसकिने भन्दै सङ्घ र प्रदेश सरकारले पनि दूरदराजमा रहेका गाउँलाई हेर्नुपर्ने बताउनुभयो । रासस

    सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.