प्रतिनिधि सभाको चालु अधिवेशन (तेस्रो अधिवेशन) आईतवार (आज) राति १२ बजेबाट अन्त्य हुने भएको छ ।सभामुख देवराज घिमिरेले आईतवार बसेको प्रतिनिधि सभा बैठकले सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द पौडेलले पठाएको पत्र पढेर सुनाउँदै सो अधिवेशनमा अन्त्य हुने औपचारिक जानकारी गराउनुभएको हो । उहाँले भन्नुभयो, ‘माननीय सदस्यहरु, प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ बजेबाट स्वतः अन्त्य हुने जानकारी गराउँदै यो बैठक यही स्थगित हुन्छ ।’ चैत्र ३० गते बसेको मन्त्रीपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
Advertisement




