• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

चितवनमा प्रथम मिष्टर चितवन शारीरिक सुगठन प्रतियाेगिता हुने


  •   शुक्रबार, चैत ३०, २०८० मा प्रकाशित
  • भरतपुर/चितवनमा आगामी असाेजमा “प्रथम मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता एवम् महिला यथलेटिक्स फिजिकल २०८१” हुने भएकाे छ । चितवन जिल्ला शारिरीक सुगठन तथा फिटनेश संघले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलनकाे आयाेजना गरि भरतपुर भ्रमण बर्षकाे अबसरमा उक्त प्रतियाेगिता आयाेजना गर्न लागेकाे जनाएकाे छ । स्वस्थ शरीर भित्र स्वस्थ मनस्थिति हुन्छ भन्ने मुल नाराका साथ भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै विजया दशमी, शुभ दीपावली, छठ पर्वको अवसर पारेर जिल्ला स्तरीय प्रतियोगिता आयोजना गरिएकाे संघका अध्यक्ष प्रकाश गुरुङले जानकारी दिए । प्रत्येक दुई-दुई वर्षमा आयोजना गर्ने उद्देश्य सहित मिति २०८१ असोज महिनामा चितवनमै पहिलो पटक “प्रथम मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता एवम् महिला यथलेटिक्स फिजिक्स २०८१” आयोजना गरिएकाे उनले जानकारी दिए । प्रतियोगितामा छ वजन समूहको टिमको सहभागिता हुनेछ । जसमा ५५, ६०, ६५, ७०, ७५, ८० केजी तौल समूहबीच प्रतिस्पर्धा गराइने छ । प्रतियोगितामा एउटा क्लव वा संस्थाबाट एउटा बजन समूहमा बढीमा २ जना खेलाडीहरु गरी जम्मा १० जना खेलाडीहरु र १ जना टिम मेनेजरले भाग लिन तथा टिमको प्रतिनिधित्व गर्न पाउने संघका उपाध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । त्यस्तैगरी शारीरिक सुगठनको विधा अन्तर्गत महिला एथलेटिक्स फिजिक्स प्रतियोगितालाई खुल्ला समूह अन्तर्गत खेलाइनेछ । प्रतियोगिताको पहिलो दिन प्रि-जजिङ राउण्ड अन्तर्गत मिष्टर चितवन प्रतियोगिताको लागि प्रत्येक समूहबाटब ५ जना खेलाडी र दोश्रो दिनको फाइनल राउण्डको लागि छनोट गरेर फाइनल खेलको प्रतिस्पर्धाबाट प्रत्येक वजन समूहका खेलाडीहरुमा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः स्वर्ण, रजत तथा काश्य पदक एवम् प्रमाणपत्र प्रदान गरिने छ । चौथो तथा पाँचौं हुने खेलाडीले ट्रफी तथा प्रमाण पत्र हासिल गर्नेछन् । प्रत्येक वजन समूहमा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः रु २५,०००, १५,००० तथा १०,००० नगद सहित पुरस्कृत गरिनेछ । त्यस्तै शारीरिक सुगठनको विधा अन्तर्गत पुरुष फिट्नेस फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्स प्रतियोगिताको पहिलो दिन प्रि-जजिङ्ग राउण्ड अन्तर्गत ६ जना खेलाडीहरु दोस्रो दिनको फाइनल राउण्डको लागि छनौट गरेर फाइनल खेलको प्रतिस्पर्धाबाट प्रत्येक समूहका खेलाडीहरुमा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः स्वर्ण रजत तथा काश्य पदक एवम् प्रमाण पत्र प्रदान गरिनेछ । चौथो तथा पाँचौ हुने खेलाडीले ट्रफी तथा प्रमाण पत्र प्रदान गरिनेछ । प्रत्येक समूहमा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः ३०,०००, २०,००० तथा १०,००० हजार नगद पुरस्कार प्रदान गरिनेछ । फाइनस प्रतियोगितामा पुरुष तर्फ प्रत्येक समुहको समूहगत विजेता खेलाडीहरु बीच प्रतिस्पर्धा गराई ओभरअलमा प्रथम हुने खेलाडीलाई “मिष्टर चितवन” को उपाधि संगै नगद रु. एक लाख पचास हजार पुरस्कार, ट्रफि तथा व्यानेट प्रदान गरिने छ । यसरी ओभरअल प्रथम हुने खेलाडीले नगद रु. १,८०,००० हजार प्राप्त गर्नेछ । प्रतियोगितामा करीब १० लाख रूपैया अनुमान गरिएकोछ । पत्रकार सम्मेलनमा शारिरीक सुगठन तथा फिटनेस महासंघ बागमती प्रदेश समितिका सदस्य राकेशमान श्रेष्ठले प्रतियाेगिताकाे उद्देश्य र तयारीका बारेमा जानकारी गराएका थिए ।

    Advertisement

    शुक्रबार, चैत ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.