चितवन/चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन निवासी तोक्वान्दो खेलाडी सुप्रिका गुरुङले फेरी अर्को एक तोक्वान्दो प्रतियोगितामा गोल्ड मेडल (स्वर्ण पदक) जितेकी छिन् । उनले चितवनमा जारि प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा भएको ७३ के. जी. भन्दा माथिको महिला समुहमा गोल्ड मेडल जितेकी हुन् । सानै उमेरमा विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय तोक्वान्दो प्रतियोगितामा सहभागी हुदै सुप्रिकाले दर्जनौ पटक स्वर्ण पदक जित्नुका साथै अन्य पदकहरु समेत जितिसकेका छन् ।
Advertisement





