• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

नर्सिङ पेशा सैद्धान्तिक मात्रै नभएर व्यवहारिक ज्ञान र शीपबाट पाेख्त हुनुपर्ने पेशा हाे : कविता खतिवडा


  •   बिहिबार, चैत २९, २०८० मा प्रकाशित
  • Advertisement

    कुनै जमाना थियाे भन्नेहरुकाे ‘ छाेरी बिग्रे – नर्स , छाेराे बिग्रे कमर्श ‘ ।

    जमाना फेरिएको छ । अब नभनी सुख्खै छैन ‘ पढ्ने भए नर्स, गर्ने भए कमर्श ।’

    अझ जब विश्व काेराेनाले आक्रान्त पार्याे तब विश्वभरका मान्छे बाच्ने सहारा केवल ‘ नर्स ‘ नै भरपर्दाे साथी भएर उभियाे तब नर्सकाे महिमाकाे चर्चा मात्र नभै नर्सिङ सेवाका माध्यमले विश्वजगतमा पुर्याएकाे कर्तव्य प्रति सारा विश्व नै चकित पर्याे ।आफ्नाे जिन्दगीको प्रवाह भन्दा पेसा प्रतिकाे निष्ठा,ईमान र कर्तव्यमा रत्तिभर नडग्मगाई निरन्तर मानव सेवामा लागेकाे दृष्टान्तले झन् हामीलाई ‘ नर्स’ भन्दा हाम्रा छाती गर्वले चाैडिएकाे महशुस हुन्छ ।
    नर्स हुनुकाे नाताले सँसारभरका जिवित नर्सहरुकाे तर्फबाट कर्तव्यकाे दाैरानमा आफ्नाे ज्यान गुमाउनुहुने विश्वभरका स्वर्गीय नर्सहरु प्रति स- सम्मान भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं । कठिन घडीमा पेशाकाे माध्यमबाट विश्वजगतमा पुर्याएकाे याेगदान प्रति विश्वकाे ध्यानाकर्षण हाेस् भन्न चाहन्छाैँ । चिकित्सकीय कर्मका अवधिभर विरामी र उनका आफन्तसँग निरन्तर सेवा र सम्वादमा हाजिर भैरहदा विरामी उनी , उनका आफन्त र परिवारकाे विषयमा जति नर्सहरु विज्ञ हुन्छन् सायद उनैका परिवार समेतले त्याे मर्मबाेध गर्नसकिरहेका हुँदैनन् जति , हामीले गर्दछौं , किनभने हामी ‘ नर्स ‘ हाैँ । युद्धभूमिमा छटपटाईरहेका घाइतेहरुकाे उपचारका लागि टुकी बालेर अहाेरात्र खटिनुभएकी पेशाकी जन्मदाता फ्लाेरेन्स नाईटेङ्गल्स प्रति हाम्राे उत्तिकै सम्मान छ जति हामी हाम्राे पेशा प्रति गाैरव गरिरेका छाैँ , किनभने हामी ‘ नर्स ‘ हाैँ ।युद्दका बेला फैलिएको महामारीलाई व्यवस्थापन र उपचार गर्दै नियन्त्रणमा ल्याउन जसरी नाईटेल्सकाे याेगदान रह्यो त्यसै हाराहारीमा काेविड =१९ ले विश्व त्राईमाम् भएका बेला सँसारै चकितपार्ने गरि नर्सिङकर्मीहरुले सेवाभावले याेगदान गरे ।
    हामी नर्स मात्रै नभएर पारिवारिक सदस्य पनि हाैँ । जसरी हामीले कर्मक्षेत्रमा याेगदान पुर्याएका छाैँ , त्यतिनै घर व्यबहारमा समेत । घर ,परिवार , बालबच्चा देखि समग्र सामाजिक परिवेशमा समेत सँलग्नहुन निश्चय नै गर्वकाे कुरा हाे । आफ्न निजी जिन्दगीमा कसले कति सहयाेग गर्दा हाम्राे व्यक्तिगत र पेशागत सहजिकरण हुनसक्छ भन्ने विषयले भने अझै चर्चा पाउन सकेकाे छैन ।
    आमा भएकै कारणले आफ्नाे स्तनपान समेत गराउनुपर्ने कर्तव्यबाेध हुँदाहुँदै पनि जाडो ,गर्मी ,घरपरिवार , चाडपर्व तथा आफ्ना निजी जिन्दगी र अवसरलाई थाति राखेर कृतिम दूध र आहारकाे भरमा नाबालक सन्तानलाई छाेडेर पेशाम हाजिर हुनु आफैँमा कठिन विषय भएर पनि यसकाे कतै सकरात्मक चर्चा नहुनु दु:खकाे विषय हाे ।
    नर्सिङ पेशा सैद्धान्तिक मात्रै नभएर व्यवहारिक ज्ञान र शीपबाट पाेख्त हुनुपर्ने पेशा हाे । बिरामीकाे राेग निकाेपार्न मात्र नभएर राेग लाग्नबाट बचाउने कर्ममा समेत नर्सहरु सँलग्न हुन्छन् ।
    दुनियाँलाई भराेसाकाे जग – ‘नर्स ‘ स्वयंकाे पीडा भने कम छैन । कार्य क्षेत्रमा रहदाका समयमा हाेस् या पारिवारिक जिन्दगी । नर्सले भाेग्नु परिरहेको शारीरिक तथा मानसिक प्रताडना समेत कम छैन । जिन्दगीको आधा समय श्रम र पैसा खन्याएर लिएकाे याेग्यता र शीपकाे बेमाेल प्रयाेग र उपयाेग गर्ने बाताबरणमा भने केही बदलाव आएपनि स्वदेशमा प्राप्त गर्नुपर्ने आत्मा सम्मानमा ठेसलाग्नु का साथै नयाँ माैकाकाे खाेजीका कारण दिनानुदिन नर्स पेशाकर्मी देश छाेड्दैछन् । यता जनशक्ति उत्पादनमा राेक लगाउने र उता नागरिक बेचिएकोमा गर्व गर्ने नीति प्रति भने मन अमिलिनु स्भाविकै हाे ।
    सेताे ड्रेसमा सजिएर मानव स्वस्थ सेवामा सरिक नर्सहरु शारीरिक, मानसिक र आर्थिक रुपमा सेता र चहिकाला नहुदासम्म उसले दिने पेशागत सेवामा चम्काई नआउने सत्यता प्रति भने सराेकारवालाहरु बेखवर हुनु पेशाप्रतिकाे अपमान र व्यवस्थापकीय धुर्याईँ हाे । यसप्रति राज्य सहित सराेकार पक्ष सँवेदनसील नहुने हाे भने हरेक व्यकले आफू र आफ्नाे शुरक्षित भविष्यकाे खाेजीगर्ने क्रममा घर, समाज र राष्ट्रबाट नै विकल्पकाे बाटाे तय गर्नुपर्ने अवस्था श्रृजना हुनगएमा छाेडि जानेलाई भन्दा बसिखानलाई समस्या हुनेमा दुईमत छैन ।
    सँसारका जुनसुकै कुना हाम्रालाई उपलब्ध हाेस् – हामी कर्तव्यबाट बिचलित हुनेछैनाैँ किन भने हामी ‘ नर्स ‘ हाैँ ।
    ( नर्सिङ प्रमुख तथा प्राध्यापन पेशामा कार्यरत लेखक खतिवडा नर्सिङ तथा शिक्षा शास्त्रमा स्नातकोत्तर हुनुहुन्छ ।)

    बिहिबार, चैत २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.