चितवन/नेपाल लगायतका बिश्वका थुप्रै मुलुकहरुमा जलवायुको असर क्रमशः देखा पर्दै गरेको मौसमबिदहरुले बताएका छन् । चितवनमा जलवायु नेपाल नेटवर्क र युनेस्कोले आयोजना गरेको वातावरण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मौसमबिद कंचनमणि दिक्षितले वन डढेलो र वातावरण प्रदुषण नै जलवायु परिवर्तनको मुख्य कारण बनेको बताउनुभयो ।
हामीले खेतबारीमा प्रयोग गर्ने किटनाशक औसधि र बिषादीका कारण र उद्योगधन्दा र कलकारखानाबाट निस्कने अत्यधिक धुलो धुवाँले समेत वातावरणमा प्रतिकुल असर पार्ने गरेको बताउनुभयो । पहिलेको तुलनामा नेपालमा पानी कम पर्न थालेको र यो परिणाम घट्ने भन्दापनि बढ्दो रहेको उहाँको भनाइ छ ।
त्यस्तै वातावरण तथा जलवायुका सेक्टरमा काम गर्दै आइरहनु भएकी सिजल पोख्रेलले वातावरणिय अध्यन गरेर प्राकृतिक स्रोतलाई जिवन्त राख्न जगेर्ना गर्नुपर्ने बताउनुभयो । खाली जमिनहरुमा बोटबिरुवा लगाउने र बाताबरण प्रदुषण रोक्न चिम्निको प्रयोग गर्ने किटनाशक औसधिको प्रयोग रोक्ने, वनमा डढेलो नलगाउने जस्ता सुझावहरु पेश गर्नुभएको थियो ।
चितवनका ७ वटा स्थानीय पालिकाका जनप्रतिनिधिसंगै क्रमशः शिक्षा क्षेत्रका प्रतिनिधि र युवा तथा मिडियाका प्रतिनिधिसंग कार्यक्रम गरिने युनिस्कोले जनाएको छ । नेपालको तापक्रम बिस्तारै सन् २०३० बाट झनै बढ्दै जाने हुँदा खेतीयोग्य जमिन मरुभूमिमा परिणत भइ सुख्खा खडेरीको जोखिम बढ्ने सम्भावना रहेको मौसमबिदहरुको भनाइ छ । सो अन्तरक्रिया कार्यक्रम यही चैत २९ गते समापन हुनेछ ।




