माडी/माडीको बसन्तपुरमा नायक पल शाह र गायिका समिक्षा अधिकारी सहितका चर्चित राष्ट्रिय कलाकारहरुले दर्शक नचाउँने भएका छन् । माडी कला केन्द्र बसन्तपुरले आयोजना गरेको माडी साँस्कृतिक तथा पर्यटन उत्सव-२०८१ अन्तरगत नायक शाह र गायिका अधिकारी सहित गायक प्रमोद खरेल, प्रकाश सपुत, शान्तिश्री परियार, बद्री पंगेनी, रामजी खाँड, ज्योति मगर, एलिना चौहान र र्यापर जिबब लगायतको प्रस्तुति रहने भएको हो । मंगलबार माडीको बसन्तपुरस्थित जक्सन क्याफेमा पत्रकार सम्मेलन आयोजना गरी कला केन्द्रले सो जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा उत्सवको समग्र उद्देश्य, महत्व र विस्तृत कार्यक्रम बारेमा सम्बन्धमा कला केन्द्रका अध्यक्ष हरिकृष्ण लामिछाने र मेला मूल आयोजक समिति संयोजक पदम विलाश पन्तले जानकारी गराउनुभएको थियो ।
बसन्तपुरको खुल्ला चौरमा आउँदो बैशाख १३ गते देखि २१ गतेसम्म सञ्चालन हुने महोत्सवमा बिभिन्न ब्यवसायीक प्रतिष्ठानका १ सय भन्दा बढी स्टलहरु रहने माडीका धार्मिक पर्यटन क्षेत्र र माडीमा रहने सबै समुदायको रीतिरिवाज झल्किने संस्कृति प्रर्दशन गर्ने छुट्टै स्टलहरू रहने आयोजकले जनाएको छ । उत्सवमा माडी डान्स आइडल, ब्याड मिन्टन, बाल उद्यान लगायतका मनोरञ्जनात्मक प्रतियोगिता रहनेछन् । माडी भित्र र बाहिर गरी करिब ४० हजार दर्शकहरुले उत्सवको अवलोकन गर्ने र एक करोड बराबरको कारोबार हुने आयोजकको आँकलन छ । उत्सव अवलोकनका लागि विद्यार्थीहरुलाइ ५० रुपैया र अन्य व्यक्तिहरुका लागि ८० रुपैयाको टिकट शुल्क निर्धारण गरिएको छ भने ज्येष्ठ नागरिकहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको जनाइएको छ ।
माडी साँस्कृतिक तथा पर्यटन उत्सव २०८१ मा सबै समुदायको रीतिरिवाज झल्किने संस्कृति प्रर्दशन गर्ने छुट्टै स्टलहरू रहने
माडी साँस्कृतिक तथा पर्यटन उत्सव २०८१ मा सबै समुदायको रीतिरिवाज झल्किने संस्कृति प्रर्दशन गर्ने छुट्टै स्टलहरू रहने
Advertisement
तपाईको प्रतिक्रिया




