चितवन/भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनालले शिक्षा क्षेत्रमा नयाँ कार्ययोजना अगाडि बढाउनु भएको छ । आज बसेको बैठकले नारायणी माध्यमिक बिद्यालयमा पढ्न चाहने १० नं. वडा क्षेत्रभित्रका बिद्यार्थीहरुका लागि वडा र विद्यालय प्रशासनसंग सहमति भएको हो । वडाध्यक्ष परमेश्वर खनालका अनुसार, विद्यार्थीको स्वतन्त्रतापूर्वक पढ्न पाउने अधिकारको सुनिश्चितता गराउने उदेश्यका साथ पढ्न चाहने वडा नं. १० क्षेत्र भित्रका बिद्यार्थीहरुका लागि निशुल्क नारायणी नमुना माबिमा पढ्ने व्यवस्था मिलाइएको खनालको भनाइ छ । खनालले यसअघि आफ्नो वडा क्षेत्रभित्रका नागरिकहरुको लागि निशुल्क बिमा तथा स्वास्थ्य बिमा, घर बिमा, बिपन्न बर्गका नागरिकहरुका लागि खाद्यान्न जस्ता अभियानहरु थालनी गर्नुभएको थियो ।
Advertisement




