नेपाली काँग्रेसकी सचेतक सुशीला थिङले सहकारी ठगी प्रकरणमा काँग्रेस पछि नहटेको बताउनुभएको छ । सोमवार संसद भवन परिसरमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । आफ्ना मागहरु यथावत राखेर सरकारलाई समय दिएको उहाँको भनाइ छ । उहाँले सदनमा आएका धेरै विधेयकहरुलाई असर पर्नेगरी काँग्रेस जस्तो पार्टीले अवरुद्ध गरेर जानु हुँदैन भन्ने भावले मात्रै संसद सुचारु भइरहेको बताउनु भयो । उहाँले सरकारले आफ्ना माग र धारणाहरुमा जवाफदेही नबनेको दिन खरो रुपमा उत्रिने बताउनु भयो । उहाँले काँग्रेस जस्तो पार्टीले विधेयकलाई नै अलपत्र पारेर सदन महिनौ दिनसम्म संसद अवरुद्ध गर्न नमिल्ने बताउनु भयो । दिएको समयसम्म पनि सरकारले बेवास्ता गरेको खण्डमा बाध्य भएर संसद अवरुद्ध पार्ने बताउनु भयो । उहाँले बजेट विगतको परिपाटी भन्दा फरक तरिकाले ल्याइनुपर्ने बताउनु भयो । उहाँले संघीय बजेट ३ करोड भन्दा कमको बनाउनु नहुने बताउनु भयो । पार्टीका कार्यकर्तालाई भर्ती गर्ने ठाउँमा झैँ टुक्रे बजेट ल्याउनु नहुने बताउनु भयो ।




