• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

पं. हयगृव दत्त पन्तवारे अनुसन्धान हुने


  •   बुधबार, चैत १४, २०८० मा प्रकाशित
  • भरतपुर/बाग्लुङ जिल्ला साविक मुलपानी गा.वि.स वडा नम्वर ९, हालको बाग्लुङ नगरपालिका वडा नम्वर ७, गैह्रागाउँ, धुँवाखोलामा वि.संं. १९५८ भाद्र कृष्ण जन्माष्टमीका दिन पिता वाचस्पती र माता छायाँ कुमारीका जेष्ठ सुपुत्रको रुपमा जन्मीनु भएका हयगृव दत्त पन्तको जीवनी, व्यक्तित्व र कृतित्वका सम्वन्धमा धवलागिरी बहुमुखी क्याम्पस बाग्लुङले अनुसन्धान गर्ने भएको छ । स्व.पन्तका कान्छा छोरा यादव प्रसाद पन्तको अध्यक्षतामा बुधवार भरतपुरमा आयोजित एक पारिवारीक समारोहमा धवलागिरी बहुमुखी क्याम्पसको अनुसन्धान व्यवस्थापन समितिको तर्फबाट सहप्राध्यापक डा. सुदर्शन सिलवाल र पन्त परिवारका तर्फबाट हुतराज पन्त, लेखराज पन्त र सन्तोष पन्तले संयुक्त रुपमा सहमति पत्रमा हस्ताक्षर गर्नु भएको थियो । उक्त कार्यक्रमका अध्यक्ष तथा त्रीभूवन विश्व विद्यालयका सेवा निवृत्त सहप्राध्यापक यादव प्रसाद पन्तले वि.सं. २०३२ जेष्ठ शुक्ल चतुर्दशीका दिन देहावसान हुनु भएका पिताको वारेमा अनुसन्धान गर्न पहिले देखि नै सोचि रहेको भए पनि समय नजुरेको बताउनु हुँदै धवलागिरी बहुमुखी क्याम्पसले अनुसन्धानमा सक्रियता देखाएकोमा आभार प्रकट गर्नु भई अनुसन्धानमा हर तरहले सहयोग गर्ने बचनवद्धता प्रकट गर्नु भयो । उक्त कार्यक्रममा सहमति पत्रकावारेमा जानकारी गराउनु हुदै सहप्राध्यापक डा.सिलवालले त्रीभूवन विश्व विद्यालयको केन्द्रिय पुस्तकालयमा स्व. हयगृव पन्तका वारेमा भएको केहि जानकारी र विश्व विद्यालयका विद्धान प्राध्यापकहरुले उहाँको वारेमा गरेको चर्चाले अनुसन्धान गर्न आवश्यक देखि क्याम्पसको अनुसन्धान व्यवस्थापन समितिले अनुसन्धान गर्न सुरु गरेको वताउँदै स्व. हयगृव दत्त पन्तको ज्योतिषीय ज्ञान, आयुर्वेद सम्वन्धि ज्ञान, श्रीमद् भागवत लगायतका धार्मिक सांस्कृतिक ग्रन्थहरुको ज्ञान, विविध कला र साहित्य तथा सोबाट समाजले प्राप्त गरेका उपलब्धीका वारेमा अनुसन्धान गरि करिव एक वर्ष भित्र अनुसन्धान प्रतिवेदन क्याम्पसले परिवार जनलाई उपलब्ध गराउने गरी समय तालिका निर्धारण भएकोले परिवारजनले पूर्ण सहयोग गर्नु पर्ने कुरा बताउनु भएको थियो ।
    रमापति वंशका धरोहरको जीवनी र कृतिका सम्वन्धमा अनुसन्धान हुन लागेकोमा खुशी व्यक्त गर्दै स्व. पन्तका भतिजा रत्ननगर निवासी हुतराज पन्तले आफुले अनुसन्धान सफल गराउन कुनै कसर बाँकी नराख्ने कुरा प्रकट गर्नु भयो भने पं. हयगृव दत्त पन्तका नाती तथा भरतपुर महानगरपालिका वडा नम्वर १२ का वडा अध्यक्ष लेखराज पन्तले हजुरवुवाको योग्यता, क्षमता र समाजलाई पु¥याएको योगदान बारे आफुले केहि देखेको र धेरै सुनेको भए पनि आधिकारीक दस्तावेज नहुँदा आफुलाई चिन्तीत बनाई रहेकोमा अनुसन्धान सुरु हुनु आफैमा महत्वपूर्ण कार्य भएको र आफुले अनुसन्धान प्रतिवेदन प्राप्त भए पछि सो को छपाई गरी समाजमा जानकारी गराउने कुरा बताउनु भयो । उक्त कार्यक्रम सञ्चालन गर्नु भएका स्व. पंडितका नाती सन्तोष पन्तले विद्धान पुर्खाहरुको जीवनी, व्यक्तित्व र कृतित्वलाई पुस्तान्तरण गर्दै अग्रजहरुको योगदानलाई सम्मान गर्ने समाज निर्माण गर्न यो कार्यक्रम र अनुसन्धान कोसेढुङ्गा सावित भई भविष्यमा यस्ता अनुसन्धान भई रहन सहयोग पुग्ने र यो अनुसन्धान प्रतिवेदन र सो पश्चात छपाई हुने पुस्तक समग्र पाठकहरुका लागि पठनिय र संग्रहणीय दस्तावेज हुने कुरामा विश्वास व्यक्त गर्नु भएको थियो ।

    Advertisement

    बुधबार, चैत १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.