• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

पूर्वी चितवन नीजि क्षेत्र समन्वय समितिद्वारा सरोकारवाला निकायहरुको ध्यानाकर्षण


  •   शुक्रबार, चैत ०९, २०८० मा प्रकाशित
  • रत्ननगर/पूर्वी चितवनमा रहेका करीब २० भन्दा बढी नीजि क्षेत्रहरुका पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म नीजि क्षेत्रको प्रतिनिधित्व गर्ने उद्योगी, व्यवसायीहरुको २०८०/११/३० गते, खैरहनीमा सम्पन्न संयुक्त भेलाले पूर्वी चितवनका उद्योग, व्यवसायमा गुणस्तरीय विद्युतको नियमित आपूर्तिका लागि गहन छलफल भई सम्बन्धित सरोकारवालाहरुसँग समन्वय गरी उद्योगी, व्यवसायीहरुले माग अनुसारको गुणस्तरीय नियमित विद्युत प्राप्त हुन नसकेका कारण भोग्नु परेको चरम समस्या समाधान गराउने उद्देश्यका साथ गठित पूर्वी चितवन नीजि क्षेत्र समन्वय समितिले पूर्वी चितवनका उद्योग, व्यवसायको गुणस्तरीय विद्युतको नियमित आपूर्तिको समस्या समाधान गर्नका लागि भन्दै सरोकारवाला निकायहरुलाई ध्यानाकर्षण पत्रमार्फत ध्यानाकर्षण गराइएको छ ।
    नवगठित समितिका संयोजक भेषराज दुवाडीको हस्ताक्षर रहेको पत्रमा उद्योग, व्यवसायको माध्यमबाट पूर्वी चितवनमा मात्रै १० हजार भन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना भएको, राजश्व, शुल्क, महशुल आदिका माध्यमबाट राज्यलाई बर्षेनी अरबौंको योगदान रहेको, उद्योग, व्यवसायको विकास र बिस्तारको प्रचुर सम्भावना हुँदाहुँदै पनि राज्यको तर्फबाट प्रदान गरिने विद्युत लगायतका पूर्वाधारहरुको नियमित रुपमा गुणस्तरीय आपूर्ति नहुँदा उद्योग, व्यवसायीहरु नै पलायन हुने अवस्थामा रहेको उल्लेख गरिएको छ ।
    विगतका केही वर्षदेखि पूर्वी क्षेत्रमा गुणस्तरीय विद्युतको आपूर्ति हुन नसकेको, नेपाल सरकारको ठूलो लगानीमा भण्डारामा निर्मित पूर्वी चितवन १३२ के.भि.ए. सव–स्टेशन आयोजनाले गुरुयोजना अनुरुप कार्य सम्पन्न गर्न नसक्दा उद्योगी, व्यवसायी लगायत घरायासी उपभोक्ताहरु ठूलो मारमा परेको, देशकै तेश्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको सौराहामा विश्वभरीबाट घुम्न आउने पर्यटकहरुलाई समेत गुणस्तरीय विद्युत आपूर्ति गर्न नसक्दा पर्यटकहरुलाई दिईने गुणस्तरीय सेवामा समस्या परेको र सौराहामा सञ्चालित अधिकांश होटल, रिसोर्ट, रेष्टुरेण्ट, होमस्टे लगायतले विद्युत आपूर्तिको वैकल्पिक व्यवस्था गर्न नसकी विद्युतको मात्र भर गर्दा पर्यटकहरुको बसाई छोटिन गएको, बुकिङ रद्द भएको, नयाँ बुकिङ नआएको लगायतका समस्याहरुले समग्र पर्यटन उद्योगहरुमा नकारात्मक असर पर्न गएको समेत उक्त पत्रमा उल्लेख छ ।
    त्यस्तै प्रेषित पत्रमा पूर्वी चितवनमा उल्लेख्य मात्रमा रहेका पोल्ट्रीजन्य उद्योग (ह्याचरी), प्लाष्टिकजन्य उद्योग, औषधिजन्य उद्योग (हस्पिटल, नर्सिङ होम, स्वास्थ्य केन्द्र), खाद्यजन्य उद्योग, कृषिजन्य उद्योगहरु (डेरी, शीतभण्डार) लगायतका संवेदनशिल उद्योगहरुले आवश्यक क्षमताको गुणस्तरीय नियमित विद्युत प्राप्त गर्न नसक्दा उत्पादित वस्तुहरु ठूलो मात्रामा नष्ट हुनुको साथै भोल्टेज अपडाउनका कारण ट्रिप भई उद्योग, व्यवसायमा रहेका मोटर, ट्रान्सफर्मर, ए.सि., पिएलसि लगायतका मेशिन तथा औजारहरुको बर्षेनी करोडौको क्षति व्यहोर्नु परेको, घरायासी उपभोक्ताले दैनिक रुपमा प्रयोग गर्ने, ए.सि., फ्रिज, पंखा, टि.भि.,कम्प्युटर, मोवाइल, वासिङ मेशिन, आइरन लगायतका घरायासी विद्युतीय उपकरणहरु समेत जल्न गई करोडौको नोक्सानी व्यहोर्नु परिरहेको, गुणस्तरीय विद्युत प्राप्त नहुँदाकै कारण उद्योगी, व्यवसायी र आम जनमानसले भोग्नु परेको समस्या र व्यहोर्नु परेको आर्थिक क्षतिलाई न्यूनिकरण गर्न यथाशीघ्र पूर्वी चितवन १३२ के.भि.ए. सव–स्टेशन आयोजनाबाट विद्युतको आपूर्ति हुने व्यवस्था मिलाउनु पर्ने उल्लेख छ ।
    देश लोडसेडिङ्ग मुक्त भईसकेको अवस्थामा समेत वैकल्पिक इन्धनको रुपमा डिजेल, पेट्रोलको प्रयोग गरी उद्योग, व्यवसाय सञ्चालन गर्दा वस्तुको उत्पादन र सेवाको लागतमा अप्रत्याशित वृद्धि हुन पुगेको अवस्था छ । जसले गर्दा दोश्रो बजारसँग प्रतिष्पर्धा गर्न नसकिएको कारणले उद्योग, व्यवसायहरु अत्यन्त न्यून क्षमतामा सञ्चालन गर्न बाध्य छन् ।
    स्टेशन मार्फत विद्युत प्रसारण लाइन लैजाँदा स्थानीय स्तरमा गलत सूचनाहरु सम्प्रेषण भई स्थानीयहरुमा अपवाह फैलिई आयोजनालाई सम्पन्न गराउन समस्या सिर्जना भएको, गलत सूचनालाई सम्बन्धित विषयका विज्ञहरु राखी स्थानीय जनता, स्थानीय जनप्रतिनिधि, स्थानीय राजनीतिक एवम् सामाजिक व्यक्तिहरु एवम् उद्योगी, व्यवसायीहरुको संयुक्त भेला गराई स्थानीयस्तरमा फैलिएको भ्रमलाई चिरी तत्काल आयोजनालाई सूचारु गर्न नीजि क्षेत्रको तर्फबाट पूर्ण सहयोग गर्न पूर्वी चितवनका सम्पूर्ण नीजि क्षेत्र प्रतिबद्ध रहेको हुँदा गुणस्तरीय विद्युतको नियमित आपूर्ति नभएकै कारण बन्द हुने अवस्थामा पुगेका सयौं उद्योग, व्यवसायलाई जीवन्त राख्नको लागि ध्यानाकर्षण पत्र मार्फत ध्यानाकर्षण गराईएको संयोजक दुवाडीले जानकारी दिनुभयो ।
    पूर्वी चितवन १३२ के.भि.ए. सव–स्टेशन आयोजना, जिल्ला समन्वय समितिको कार्यालय, चितवन, जिल्ला प्रशासन कार्यालय, चितवन, रत्ननगर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खैरहनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, राप्ती नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कालिका नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, नेपाल विद्युत प्राधिकरण, रत्ननगर वितरण केन्द्र लगायतका संस्थाहरुलाई ध्यानाकर्षण पत्र दिइएको थियो भने नेपाल विद्युत प्राधिकरण, केन्द्रीय कार्यालयलाई बोधार्थ दिइएको संयोजक दुवाडीले जानकारी दिनुभयो ।
    पत्रसँगै पूर्वी चितवनमा विद्युत खपत सम्बन्धि विवरण, आयोजना यथाशीघ्र सम्पन्न गर्ने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय चितवनमा मिति २०७८÷०७÷१४ मा भएको निर्णयको प्रतिलिपि लगायतका कागजातहरु समेत पत्र मार्फत उपलब्ध गरार्ईएको थियो ।
    उद्योग धन्दाको विकास विना कुनैपनि देशको आर्थिक समृद्धि सम्भव छैन भने, उद्योगधन्दाको विकासका लागि राज्यको तर्फबाट उपलब्ध हुने भौतिक पूर्वाधारको गुणस्तरीयता अपरिहार्य छ । भौतिक पूर्वाधार अन्तर्गत विद्युत इन्धनको महत्वपूर्ण स्रोत हो । विद्युतका माध्यमबाट उद्योगका मेशिन, औजार, सेवा सञ्चालन हुने देखि उत्पादनको गुणस्तरीय संचिती गर्ने सम्मका सम्पूर्ण कार्यहरु सम्भव छ । पूर्वी चितवन उद्योग, व्यवसायको विकासको लागि प्रचुर सम्भावनाहरु रहेको र विगत केही वर्षदेखि उद्योग, व्यवसायको माध्यमबाट राज्यको आर्थिक समृद्धिका लागि महत्वपूर्ण भूमिका खेलेको क्षेत्र अन्तर्गत पर्दछ ।

    Advertisement

    शुक्रबार, चैत ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.